+
+

म्याच प्रिभ्यूः रोनाल्डोलाई रोक्न सक्ला क्रोएसियाले ?

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ११ गते १०:०९

epa_france-soccer-uefa-euro-काठमाडौं । क्रोएशिया र पोर्चुगलबीचको खेल फ्रान्स युरोको सबैभन्दा आकर्षक म्याचमध्ये एक हुनसक्छ । समान स्तरका दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

समूह एफको उपबिजेता बनेको भए पोर्चुगलले नकआउटको पहिलो खेलमा इंग्ल्याण्डको सामना गर्ने थियो । तर, अष्ट्रिया आइसल्याण्डसँग अप्रत्यासित रुपमा पराजित भएपछि पोर्चुगल समूहमा तेस्रो हुँदै नकआउट चरणमा पुगेको हो । समूहको अन्तिम खेलमा पोर्चुगलले सुपरस्टार क्रिष्टियानो रोनाल्डोको प्रेरणामा हंगेरीसँग ३/३ गोलको बराबरी खेलेको थियो ।

समूहमा तेस्रो हुनु पोर्चुगिज टोलीको लागि फाइदाजनक देखिएको छ यतिबेला । किनभने नकआउट ड्र मा पोर्चुगलले उपाधिका दावेदार मानिएका पाँच टोलीहरु इंग्ल्याण्ड, स्पेन, फ्रान्स, इटली र जर्मनीसँगको प्रतिस्पर्धा फाइनलमा मात्र सम्भव हुनेछ ।

तर, जव पोर्चुगिज टोली प्रतियोगिताको लागि आशाबादी भइरहँदा क्रोएशियापनि प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको छ र उसलाई नजरअन्दाज गर्दा पोर्चुगिज टोलीले ठूलै मूल्य चुकाउनुपर्नेछ । साविक बिजेता स्पेनलाई पराजित गर्दै क्रोएशिया समूहको शीर्ष स्थानमा पुगेको टोली हो ।

Luka Modric and defender Domagojप्रशिक्षक एन्टे साकिकले  लुका मोड्रिडलाई टोलीमा ल्याउन सक्ने छैनन् । समूह चरणमा चेक गणतन्त्रबिरुद्धको खेलमा चोटग्रस्त भएका उनी नकआउट चरणमा पनि मैदानमा फर्कन सकेका छैनन् । त्यस्तै टोलीका सुपरस्टार मारियो माञ्जुकिज पनि खेल्ने नखेल्नेमा शंका छ । युवा मिडफिल्डर मार्को रोगले मोडि्रकको स्थान लिने सम्भावना छ ।

क्रिष्टियानो रोनाल्डोले समूहको अन्तिम खेलमा हंगेरीबिरुद्ध २ गोल र एक गोलमा पास मिलाएका थिए । त्यही खेलमा बराबरी खेलेपछि पोर्चुगल नकआउट चरणमा छनौट भएको थियो । रोनाल्डोका अलावा नानी पनि पोर्चुगिज टोलीबाट उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यस खेलमा पनि नानीले पूर्व म्यान्चेस्टर युनाइटेड टिममेट रोनाल्डोसँगै अग्रपंक्तिमा रहेर खेल्ने सम्भावना छ ।

यसका बाबाजुद पनि मिडफिल्डर आन्द्रे गोमेस र विंगर तथा डिफेण्डर राफायल गुरेइरोभने आजको खेलमा सहभागी हुनेमा भने प्रशिक्षक फर्नाण्डो सान्तेाषलाई शंका छ ।

क्रोएशियाका आठ खेलाडीहरु एक खेलको प्रतिबन्धका लागि एउटा पहेँलो कार्डबाट मात्र टाढा छन् । मिलान बाडेल्ज, मार्सेलो ब्रोजोभिक, इवान स्ट्रीनिक, इवान पेरिसिक, मार्को रोग, डारिजो सर्न तथा साइम साल्ज्कोले यसअघि १ पहेालो कार्ड पाइसकेका छन् । त्यसेगरी पोरचुगलका पेपे र रिकार्डो क्वारेज्मापनि एक खेलको प्रतिबन्धबाट एउटा कार्डले टाढा छन् ।

पार्चुगलबिरुद्धको खेलअघि क्रोएशियाका कप्तान एन्टे सासिकले भनेका छन् कि ‘प्रतिस्पर्धाको यो चरण पक्कैपनि हाम्रो लागि निक्कै अप्ठेरो छ । हाम्रो प्रतिद्वन्द्वी पक्कै पनि कमजोर छैन । तर हामी कठिन समूहबाट बिजेताको रुपमा नकआउट चरणमा प्रबेश गरेका हौं, त्यसैले हामी बलियो आत्मविश्वास सहित मैदानमा उत्रँदैछौं ।

उनले अघि भनेका छन्, हामी पोर्चुगललाई सम्मान गर्छौं तर हामी हाम्रो क्षमतामा विश्वास गर्छौं, हाम्रो अहिलेसम्मको प्रदर्शनको आधारमा हामी अघिल्लो चरणमा पुग्न सक्छौं ।’

ronaldoत्यस्तै पोर्चुगलका सुपरस्टार क्रिष्टियानो रोनाल्डोले पत्रकार सम्मेलनमा भने, हामीले एउटा निक्कै राम्रो टोलीबिरुद्ध प्रतिस्पर्धा गर्न गइरहेका छौं । यस्तोमा ५०/५० को नतिजा अपेक्षा गर्न सकिन्छ । जुन टोलीले मैदानमा राम्रो प्रदर्शन गर्न उसैको जित निश्चित छ ।

क्रोएशियाको टोली संगठित छ भने उसँग थुप्रै स्टार खेलाडीहरु छन् । जस्तो तस्तो टोलीले स्पेनलाई हराउन सक्दैन, त्यसैले हामी उनीहरुलाई सम्मान गर्छौं । हामी हाम्रो क्षमतामा विश्वास गर्छौं मैदानमा उत्रनेछौैं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?