Comments Add Comment

युरोपियन युनियनको फुटले अमेरिकी डलर महंगिन थाल्यो

dollar-and-euro
११ असार, काठमाडौं । बेलायतमा भएको जनमत संग्रहमा बेलायत युरोपियन युनियनबाट बाहिरिने मत परिणाम सार्वजानिक भएसँगै पाउन्ड स्टर्लिङ डलरको मूल्य घटेको छ ।

अन्तराष्ट्रिय मुद्रा बजारमा युरो र पाउन्ड स्टर्लिङ डलरको मूल्य घटेको छ । युरोपियन युनयिनमा आएको फुटको साइलोजिकल इफेक्टका कारण डलरसँग युरो र पाउन्ड स्टर्लिङ अबमूल्यन भएको राष्ट्र बैंकका वैदेशिक विनमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्म ढुंगानाले अनलाइनखबरलाई बताए ।

‘बेलायत इयुबाट बाहिरिँदा त्यसको राजनीतिक असर पर्ने अनुमानमा मुद्रा व्यापारीहरु युरो र पाउन्ट बेचेर अमेरिकी डलर किन्न त्साहित भए, जसकारण अमेरिकी डलरसँग युरो र पाउन्ड अबमूल्यन भएको छ,’ ढुंगानाले भने- ‘अबको केही समय अन्तराष्ट्रिय मुद्रा बजारमा अमेरिकी डलरको रिजर्भतर्फ आकषिर्त हुने देखिन्छ ।’

इयुमा आएको फुटसँगै नेपालमा पनि पाउन्ड स्टर्लिङ र युरोको मूल्य घटेको छ । शुक्रबार एक पाउन्ड स्टर्लिङ खरिद गर्नका लागि १ सय ५९ नेपाली रुपैयाँ तिर्नुपथ्र्यो । शनिबार र आइतबारका लागि भने नेपाल राष्ट्र बैंकले एक पाउन्ड स्टर्लिङ डलरको मूल्य १ सय ५० रुपैयाँ तोकेको छ । इयुमा आएको फुटसँगै एकैदिन पाउन्डको मूल्य ९ रुपैयाँले घटेको हो ।

त्यसैगरी शुक्रबार एक युरो किन्न १ सय २२ नेपाली रुपैयाँ खर्चिनु पथ्र्यो । तर, शनिबार र आइतबारका लागि राष्ट बैंकले एक युरोको मूल्य १ सय २० रुपैयाँ तोकेको छ ।

तर, शुक्रबारको तुलनामा नेपाली बजारमा अमेरिकी डलरको मूल्य भने १ रुपैयाँले बढेको थियो । शुक्रबार १ अमेरिकी डलर १ सय ७ रुपैयाँ ५४ पैसामा किन्न सकिन्थ्यो भने शनिबार र आइतबार एक अमेरिकी डलर किन्न १ सय ८ रुपैयाँ ४० पैसा लाग्ने राष्ट्र बैंकले जनाएको छ  ।

युरोपियन युनियनमा फुट आएपछि धेरै देशको मुद्रा अमेरिकी डलरसँग अबमूल्यन भएको कार्यकारी निर्देशक ढुंगानाले बताए । ‘भारु र नेरुसमेत डलरसँग अबमूल्यन भए,’ उनले भने- ‘आगामी केहीदिन अमेरिकी डलरको भाउ अझै महंगिने देखिन्छ ।’
बेलायत इयुमा हुँदा पनि उसले युरो नचलाई आफ्नै पाउन्ड स्टर्लिङ डलर नै चलाउँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment