Comments Add Comment

पढार्इ र जागिरभन्दा भेंडा पालन नै सजिलो !

bheda (2)१४ असार, मुगु ।  मुगु जिल्लाको पिना ८ मन्दु गाँउका युवाहरु एसएलसी पास भएर जागिर खानु भन्दा पुर्खौली पेशा भेंडा पालन नै अगालेका छन् । अहिलेको बदलिदो परिवेश र आधुनिकताले यहाँका युवापिढीलार्इ अझै छोएको छैन । यहाँका मानिसहरुको  जीवन शैली  परम्परागत रुपमै बितिरहेको पाइन्छ ।

करिव ५२ घर धुरी र ३ सय जनसंख्या रहेको मन्दुका वालवालिकाहरु गाँउमै प्राथमिक शिक्षा पुरा गरेर ३ घण्टाको दुरीमा रहेको मावि टोप्लामा नपढेका पनि होइनन् ।  अहिले सम्म करिव १ दर्जन  एसएलसी मा सामेल भएका भएपनि कोही एसएलसी भने पास हुन सकेनन् ।

सदरमुकाम गमगढी देखि ५ कोष टाढा मन्दु गाँउमा अहिले सम्म कसैले एसएलसी पास गरेका छैनन भने कोही रेजगारीमा पनि छैनन् । यतिखेर गाँउका युवाहरु सबै लेख तिर भेडी खर्कमा गोठालो लागेका मात्र भेटिन्छन् ।

bheda (1)प्राथमिक स्तरको पढार्इ कमजोर र भेडा पालनमा समुदायको प्रतिस्पर्धाका कारण यहाँको शिक्षाको स्तर माथि नउठेको कुरा स्थानिय वासी बिर्ख बोहोरा बताउँछन् ।

समुन्द्र सतह देखि करिव २६ सय ३५ मीटरको उचाँर्इमा रहेको यो बस्ति भेडा पालनलार्इ उपयुक्त ठाँउ मानिन्छ । यहाका अधिकांश घरहरु भेडा पालनलार्इ नै आय आर्जनको प्रमुख श्रोत ठान्दछन् ।

शिक्षाको स्तर माथि उठार्इ राज्यको मुल प्रवाहमा नसमेटिएका मन्दुवासि प्रति सरकार र सम्बन्धित निकायहरुको समयमै ध्यान जान जरुरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment