Comments Add Comment

नेपाल–जापान राजनीतिक परामर्श बैठक सिंहदरवारमा

१५ असार, काठमाडौँ । नेपाल र जापानका उच्च अधिकारी सम्मिलित नेपाल–जापान राजनीतिक परामर्श संयन्त्रको बैठक बसेको छ ।  परराष्ट्र मन्त्रालयमा अाज बिहान बसेको बैठकमा पारस्परिक सम्बन्धका विविध पक्षबारे छलपफल भएको छ ।

nepal-japanबैठकमा पारस्परिक सम्बन्धका विविध पक्षबारे दुवै मुलुकका अधिकारीले विचार आदानप्रदान गर्नुका साथै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवका बारेमा पनि छलफल भएको छ ।

त्यसैगरी, बैठकमा नेपालको विकास प्रयासमा उपलब्ध जापानी सहयोग, भूकम्पपछिको पुनःनिर्माणमा जापानी मद्दत एवम् क्षेत्रीय र विश्वव्यापी चासोका विषयमा पनि विचारविमर्श हुने कार्यसूची छ ।

बैठकमा जापानी पक्षको नेतृत्व त्यहाँको परराष्ट्र मन्त्रालयको दक्षिणपूर्वी, दक्षिणपश्चिमी मामिला विभागका महानिर्देशक काजुया नासिदासहित नेपालका लागि जापानका राजदूत मासासी ओगावा र यहाँस्थित जापानी राजदूतावासका उच्च अधिकारी सहभागी छन् ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव एवम् उत्तरपूर्व एसिया महाशाखाका प्रमुख झवीन्द्रप्रसाद अर्यालले गर्नुभएको छ ।

बैठकमा परराष्ट्र, शिक्षा, स्वास्थ्य, अर्थ, गृह, कानुन, भौतिक पूर्वाधार, ऊर्जा, उद्योग, वाणिज्य, पर्यटन, वन, राष्ट्रिय योजना आयोग र नेपाल पुनःनिर्माण प्राधिकरणका वरिष्ठ अधिकारी संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment