Comments Add Comment

शरीरको बनावट अनुसार कस्तो खानपान गर्ने ? 

चाहे अग्ला होस् वा पुड्को । चाहे मोटो हुन् वा दुब्लो । शरीरका विविधतालाई हामीले स्विकार्नुपर्छ । यी प्राकृतिक हुन् । र, प्रकृतिका हरेक रचना आफैमा सुन्दर हुन्छन् । त्यसैले हाम्रो शरीर जस्तोसुकै भएपनि त्यो आफैमा सुन्दर हुन्छ ।

हामीले आफ्नो शरीर मोटो भयो वा दुब्लो भयो भनेर गुनासो गरिरहनुको कुनै तुक छैन । किनभने कतिपय प्राकृतिक कुरा बदल्ने सामथ्र्य हामीसँग हुन्न । भलै, व्यायाम गरेर वा खानपान कटौती गरेर शरीरलाई स्लिम बनाउन सकिएला । केही उपचार विधीबाट आफ्नो प्राकृतिक उचाई केही बढाउन सकिएला । तर, यी नै पर्याप्त होइनन् ।

यद्यपी जस्तोसुकै भएपनि स्वस्थ्य र तन्दुरुस्त हुन जरुरी छ ।

स्वस्थ्य, तन्दुरुस्त भए जस्तो पनि ज्यान आकर्षक देखिन्छ । बरु यसका लागि हामीले आफ्नो दिनचर्या र खानपानमा ध्यान दिनुपर्छ । भनिन्छ नि, जस्तो खाइन्छ शरीर उस्तै हुने हो ।

यहाँ हामीले शरीरको बनौट अनुसार कस्तो आहार सेवन गर्ने भन्ने काइदा पेश गरेका छौं । किनभने हरेक शरीरले बेग्लाबेग्लै किसिमले फ्याट -बोसो) संग्रहीत गर्छ, जसले गर्दा व्यक्ति अनुसार शरीरिक बनावट पनि फरक हुने गर्छ । त्यो फ्याट पनि  कसैको पेटमा त कसैको हिपमा तथा कसैको थाईमा जम्मा हुने गर्छ । परिणामस्वरुप, हामीलाई शरीरमा लागेको बोसो घटाउन हम्मे हम्मे पर्छ ।

त्यसैले, शरीरको वजन कम गर्न सबैभन्दा पहिले त आˆनो शारीरिक बनावट कस्तो छ भनेर जान्न नै आवश्यक छ । जब शरीरको बनावट अनुसार खानपान गर्न थालिन्छ, शरीरको वजन स्वतः कम हुन थाल्दछ ।

चारपाटे आकार (रेक्ट्यांगल आहार)

चारपाटे शरीरको विशेषता भनेकै कसिलो हिप र छरितो कम्मर हो । यस्ता शरीरिक बनावट भएका व्यक्तिको कुम र हिपको आकार लगभग एउटै आकारको हुन्छ । शरीरको माथिल्लो भागमा केही तौल बढेपनि छाती तथा कुममा धेरै बोसो लाग्छ । त्यसैले, यस्ता व्यक्तिले  खानपानमा  विशेष ध्यान दिनुपर्छ । किनकी यस्ता व्यक्तिलाई नुनिलो खानेकुरा, फास्टफुड तथा मदिरामा विशेष रुची हुन्छ ।

यस्ता व्यक्तिले आˆनो तौललाई नियन्त्रित राख्न पनि एभोकार्डो, बदाम, साल्माने माछा तथा विरुवामा आधारित खानपान गर्नुपर्छ । याद राख्नुहोस्, मान्छे कति दुख्लो छ यसले फरक पार्दैन, तर खानपान भने स्वस्थकर हुनैपर्छ । साथै, फास्ट फुड तथा गुलियो खानेकुराको सेवन कम गर्नुपर्छ ।

स्याउ आकारको शरीर

यदी कसैको शरीर स्याउ आकार छ भने त्यस्ता व्यक्तिको शरीर पेटमा बोसो जम्मा हुन्छ । जबकी हात तथा खुट्टामा कम वोसो अभावमा पातलो हुने गर्छ । जसले गर्दा यस्ता व्यक्ति विभिन्न रोगको उच्च जोखिममा पर्छन् । यस्ता व्यक्तिलाई स्टार्च बढी भएको, गुलियो खान मन पर्छ भने डाइड सोडा तथा कैफिनमा यिनीहरुको विशेष रुची हुन्छ ।

यस्ता व्यक्ति शरीरको वजन कम गर्न थोरै थोरै तर धेरै पटक खाना खानु पर्छ । अर्थात दिनमा छ पटक सम्म खानुपर्छ तर कम परिणाममा खानुपर्छ ।

खानामा फाइबरयुक्त खानेकुरा, फलफूल, तरकारी, भिटामिन ‘सी’, प्रोटिन तथा लो फ्याट डेयरी प्रोडक्टस् सेवन गर्नुपर्छ । दही नै खाएपनि खाना पचाउनका लागि कम फ्याटयुक्त दही खानु पर्छ । पेटमा ग्यास तथा इन्फ्लेमेशनको समस्या निम्त्याउने फास्ट फूड, ब्रेड तथा केही सब्जी लगायतका खानेकुरा परेज गर्नुपर्छ ।

नासपाती आकार 

नासपाती  आकारको शरीरिक बनावट भएको व्यक्तिको हिप तथा थाई वरिपरि मासु लाग्ने गर्छ । यस्ता व्यक्तिको शरीरको माथिल्लो भाग सानो हुन्छ जसकी तल्लो भाग विशेषगरी हिप ठूलो हुन्छ । र, यस्ता व्यक्तिको हिप तथा थाई वरिपरि बोसो लाग्ने सम्भावना पनि उच्च हुन्छ । यसबाहेक, पाखुरा तथा छातीमा पनि उनीहरुको वजन बढ्छ । यस्ता व्यक्तिलाई तौल घटाउन अलि बढी समस्या हुने भएकोले उनीहरुलाई तनाव हुनसक्छ । किनकी यस्ता व्यक्तिमा चाहिने ठाउको भन्दा अन्य भागको वोसो छिटै घट्ने गर्छ ।

त्यसैले, नासपाती जस्तो शारीरिक बनावट भएका व्यक्तिले मासु, माछा, अण्डा, डेरी प्रोडक्टस् तथा हाई प्रोटिन खानेकुरा बढी खानु पर्छ ।

तरबुजा, भुईकटहर लगायतका फलफूल पनि यस्ता व्यक्तिको लागि राम्रो मानिन्छ किनकी यसले शरीरको विषाक्तलाई हटाएर शरीरलाई सफा राख्न मद्दत गर्छ । यसलाई ग्रीन टी वा हर्वल टी सित मिसाएर खानु राम्रो हुन्छ ।

नुन लगायत उच्च सोडियमयुक्त खानेकुरा कम खानुपर्छ । पाउरोटी, नुडल्स, भात जस्ता खानेकुराबाट टाढा बस्नुपर्छ । साबुत अनाजको सेवन गर्नुपर्छ । चीज ता कि्रम, तोफू, मदिरा , कैफिनलाई आˆनो आहारबाट हटाउनु पर्छ ।

हावरग्लास आकार

हावरग्लास आकारको शरीर सबैभन्दा चाहनामा पर्छ । यो आकारको शारीरिक बनावट भएका व्यक्तिले समान रुपमा बजन बढाउँछ र मांपसेशीको कमी हुन्छ । यस्तो आकार भएका व्यक्तिको रगतमा चिनीको मात्रा उच्च हुने सम्भावना अत्याधिक हुन्छ । त्यसैले, यस्ता व्यक्तिहरुलाई लो ग्लाईसेमिक इन्डेक्सयुक्त खानेकुरा खान सल्लाह दिइने गरिन्छ । र, दिनमा पाँच देखि छ पटक देखि थोरै थोरै मात्रामा खानेकुरा खाने सल्लाह दिइने गरिन्छ । यस्ता व्यक्तिले ताजा फलफूल तथा साजसब्जी धेरै खानुपर्छ । र, कम प्रोटिनबाट स्वस्थकर फ्याट लिने प्रयास गर्नु पर्छ ।

यसबाहेक, पाउरोटी, नुडल्स, भात लगायतमा रिफाइन्ड खानेकुरा कम खानुपर्छ । यसको सट्टा पूर्ण खाद्य पदार्थ सेवन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment