News Summary
Generated by OK AI. Editorially reviewed.- एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तर्गत काँक्रेविहार यूथ क्लब र नव जनजागृति युवा क्लबबीच १–१ गोलको बराबरी भयो।
- हैरान्सले टाइगर्स टिमलाई ५–२ ले हरायो र रोहन डोङलले ३ गोल गरे, उनी प्लयेर अफ द म्याच घोषित भए।
- लिगमा १० टोली सहभागी छन् र विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छ, सेमिफाइनल प्रवेश गर्ने टोली राष्ट्रिय लिगमा जानेछन्।
२२ कात्तिक, काठमाडौं । एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तर्गत शनिबार भएको खेलमा काँक्रेविहार यूथ क्लब र नव जनजागृति युवा क्लबका बिचमा १–१ गोलको बराबरी भयो ।
सो खेलका काँक्रेविहारका लागि आशिष चापागाइ तथा नव जन जागृतिका लागि सुजन न्यौपानेले गोल गरे । काँक्रेविहार सरिन जिसी खलका म्यान अफ द म्याच घोषित भए ।
अर्को खेलमा हैरान्सले टाइगर्स टिमलाई ५–२ले हरायो । हैरान्सका लागि रोहन डोङल ३ गाल गरे । समिराज थोकर र विश्व लामाले थप गोल गरे । टाइगर्सका विशेष लामाले दुवै गोल गरे । सो खेलमा रोहन प्लयेर अफ द म्याच घोषित भए ।्
२ मंसिरसम्म हेटौडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ । सहभागी टोलीमा गाईघाट फुटबल क्लब, देउराली यूथ क्लब, नव जागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब,काँक्रेविहार यूथ क्लब, विजय स्पोट्र्स क्लब,हैरान्स क्लब र लाली गुराँस एसोसिएसन क्लब छन् ।
लिग कम नकआउटको आधारमा सञ्चालन हुने सो प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ । उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन् ।
सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन् । राष्ट्रिय लिग पुस महिनामा हुने छ ।
प्रतिक्रिया 4