News Summary
Generated by OK AI. Editorially reviewed.- चीनको राजधानी बेइजिङमा रहेको छियान्लोङ बगैंचा एक शताब्दीदेखि बन्द भएर १००औं वार्षिकोत्सवमा सर्वसाधारणका लागि खुला गरिएको छ।
चीनमा एक शताब्दीदेखि बन्द रहेको एउटा बगैंचा सर्वसाधारणका लागि खुला गरिएको छ । चीनको राजधानी बेइजिङमा रहेको दरबार सङ्ग्रहालय ‘छियान्लोङ बगैंचा’ सर्वसाधारणका लागि खुला गरेको हो ।
सङ्ग्रहायले आफ्नो १००औं वार्षिकोत्सव मनाउने क्रममा यसलाई खुल्ला गरिएको सीएनएनले लेखेको छ । त्यस्तै यो बगैंचालाई सम्पूर्ण शाही परिसरको ‘सबैभन्दा उत्कृष्ट र सुन्दर रूपमा सजाइएको बगैंचा’को रूपमा वर्णन गरेको छ ।

बताइए अनुसार छियान्लोङ बगैंचा सन् १७७० को दशकमा छिङ वंशका सम्राट छियान्लोङले आफ्नो व्यक्तिगत विश्राम र एकान्तवासका लागि बनाएका थिए । कारणबस बन्द हुन गएपछि यो बगैंचा लामो समयदेखि बन्द थियो । पछि यसलाई विश्व स्मारक कोषसँगको साझेदारीमा पुनर्स्थापना गर्न थालिएको थियो । जुन काम गर्न २५ वर्ष लागेको बताइएको छ ।

करिब ६० हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो बगैंचा विशाल शाही दरबारको तुलनामा सानो छ । सम्राट छियान्लोङले दक्षिणी चीनका निजी बगैंचाहरूको डिजाइन शैली अपनाउँदै यसमा जोडिएका चार ओटा चोकहरू बनाएका थिए । तीमध्ये हाल दुईवटा चोक सर्वसाधारणका लागि खुला गरिएका हुन् ।
हालै मात्र सङ्ग्रहालयको वार्षिकोत्सवमा चीनियाँ राष्ट्रपति सी जिनपिङले यो बगैंचा रहेको सङ्ग्रहालयलाई ‘चीनियाँ सभ्यताको एक महत्वपूर्ण प्रतीक’ बताएको बताएका थिए ।

प्रतिक्रिया 4