डेब्यू युरोकपमा नै क्वार्टरफाइनलसम्म यात्रा गर्न सफल आइसल्याण्डका खेलाडीहरुलाई घरमा भब्य स्वागत भएको छ ।
खासगरी पि्रक्वार्टरफाइनलमा इंग्ल्याण्डमाथि हात पारेको जित अझै आइसल्याण्डका सामर्थकहरुको दिमागमा ताजै छ । भलै क्वार्टरफाइनलमा फ्रान्ससँग ५-२ पराजित भयो ।
रेकिविकमा पुग्दा आइसल्याण्डका हिरोहरुको भव्य स्वागत भयो । अझै ३० हजार समर्थक जम्मा भएका थिए । जबकि देशको जनसंख्या ३ लाख ३० हजार मात्र छ ।
खेलाडीहरु सडकमै परेड गरे । र, समर्थकहरुसँग मिलेर भाइकिङ गीत र ताली बजाए । उनीहरु मध्येका एक कोल्बियनले भने, उनीहरुको समर्थन पाउने सपना पुरा भएको छ ।’
आइसल्याण्डका प्रधानमन्त्रीले युरोकप खेल्ने खेलाडीहरु देशको राष्ट्रिय गहना भएको बताएका छन् । आइसल्याण्डले युरोकपमा फुटबल पण्डितहरुलाई समेत गलत सावित गर्दै नकआउट चरणमा स्थान मात्र बनाएर पि्र क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई हराएको थियो ।
समूह चरणमा अपराजित उक्त टिम पोर्चुगल भन्दा माथि दोस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको थियो ।
प्रतिक्रिया 4