+
+

सलमानको भनाइमा आमिरको टिप्पणी-‘दुर्भाग्यपूर्ण र संवेदनहिन’

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २१ गते १०:४८

salman and aamir khan
बलिउड नायक एवं निर्माता आमिर खानले आफ्नो नयाँ चलचित्र ‘दंगाल’ को पोष्टर रिलिज गरेका छन् ।

सोही अवसरमा आमिर खानलाई बलात्कार पीडित महिलाको वारेमा सलमान खानले गरेको टिप्पणी  वारेमा समेत प्रश्न गरिएको थियो । आमिरले सलमानको टिप्पणीवारे भने-‘दुर्भाग्यपूर्ण र संवेदनहिन’ ।

दंगाल’को पोष्टरमा आमिर खान निकै मोटो देखिएका छन् । आफ्नै मोटो ज्यानको विषयमा उनले भने- ‘वजन बढाउन मलाई निकै मुस्किल भयो ।’

घटाउने बेलामा पनि उस्तै सास्ती भएको उनको भनाई थियो । उनीसँग मिडियाले धेरै विषयमा प्रश्न गरेका थिए । प्रश्न सोध्नेहरु चलचित्रमै केन्द्रित भएनन् । यहि क्रममा उत्तर प्रदेशको दादरी मस्जिदका वारेमा सोधिएको प्रश्नमा उनले मिडियालाई सकारात्मक खबर सम्प्रेषण गर्न सुझाव दिए ।

‘हाम्रो सामु साह्रै धेरै मुद्दा छन् । तर, दुर्भाग्य मानवीय प्रवृत्ति नै यस्तो छ कि हामी केवल नकारात्मक कुरातर्फ मात्रै आकर्षित हुन्छौ ।’ आमिरले कार्यक्रममा भने-‘मिडियाले सकारात्मक विषयलाई महत्व दियो भने समाजमा राम्रो प्रभाव पर्छ ।’

राम्रो काम गर्नेका वारेमा ठूलो समाचार नबन्ने उल्लेख गर्दै उनले भने-‘यदि राम्रो काम गर्नेहरुको समाचार बन्ने हो भने जमीनमा काम गर्ने किसानहरुको पनि समाचार बन्थ्यो होला, तर, भारतमा ती भुमीपुत्रको कथाले स्थान पाउदैन ।’

‘दंगाल’मा आमिर सहित चार युवतिले अभिनय गरेका छन् । चारै युवतिको कपाल छोटो बनाएर काटिएको छ । कपाल किन काटेको भन्ने प्रश्नमा आमिरले भने-‘चलचित्र हेरेपछि तपाई आफैंले थाह पाउनु हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?