+
+
Shares

लिङ्देन नेतृत्वमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गठन

रविन भट्टराई रविन भट्टराई
२०७३ असार २३ गते १७:५१

kumar-lingden
२३असार, ताप्लेजुङ । पूर्वको नौ जिल्लालाई लिम्बुवान राज्यको माग गर्दै आएका विभिन्न लिम्बुवान पार्टी सम्मिलित संघीय लिम्बुवान पार्टी नेपाल विभाजित भएको छ । पार्टिको नेतृत्व गर्दै आएका कुमार लिङ्देनले पुनः संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च राष्ट्रिय पार्टी बनाएका छन् ।

केहि दिन अघि झापाको दमकमा सम्पन्न राष्ट्रिय महाधिवेशनले पार्टीलाई देशव्यापी रूपमा अगाडि बढाउने निर्णय गरे सँगै ताप्लेजुङमा पनि यसको गठन सुरु भएको छ ।

महाधिवेसनबाट ताप्लेजुङको लागि चुनिएका संयोजक नेत्र खतिवाडाले सदरमुकाममा बिहिबार पत्रकार सम्मेलन गरी जिल्लामा पनि यसअघि गठन भएको संघीय लिम्बुवान पार्टी नेपालको अधिकांस नेता कार्यकर्ता सम्मिलित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च बनाउने तयारी रहेको जानकारी दिए ।

जिल्ला अधिबेसन पश्चात ताप्लेजुङमा पनि यसको पुर्ण सदस्यीय मञ्च निर्माण गरीने खतिवडाले बताए । सो मञ्चले लिम्बुवानको सैद्दान्तिक वहसमा समानान्तर सरकार, ग्रेटर लिम्बुवान, जनमत संग्रह जस्ता दस्ताबेजलाई खारेज गर्दै लिम्बुवान प्राप्ति र समानुपातिक सह अस्तित्व सहितको समावेसी लिम्बुवान स्थापित गर्न राजनितिक क्षेत्रमा कृयासिल रहने संयोजक खतिवडाको भनाइ छ ।

यसैबीच झापाको दमकमा असार १७, १८ र १९ गते सम्पन्न महाधिवेशनले लिम्बुवान, थरुहट, तमुवानलगायत १० प्रान्तीय समिति गठन गरेको थियो । संघीय गठबन्धनका २९ मध्ये पहिचानवादी नौवटा दलसँग एकता प्रक्रिया सुरु भएको मञ्चका अध्यग्ा लिङ्देनले बताएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै लिङ्देनले यसअघि केही लिम्बु नेताका कारण पार्टी पूर्वमा मात्र सीमित रहेका बेला उनीहरूसँग सम्बन्ध विच्छेद गर्दै पार्टीलाई राष्ट्रव्यापी बनाएको बताएका छन् ।

दोस्रो महाधिवेशनले लिङ्देन नेतृत्वमा नयाँ समिति गठन गरेको छ । केन्द्रीय समितिमा ५६ सचिवालय सदस्यसहित एक सय १४ जना रहने छन् जसमा हरेक प्रान्तबाट १/१ उपाध्यक्ष, महासचिव र सचिव चयन गरिएको छ ।

यसअघि धनकुटाको भेडेटारमा ०७१ सालमा आयोजना भएको एकता भेलाले पाँच वटा लिम्बुवान पार्टीहरुलाई एकीकरण गरेर लिङ्देन नेतृत्वमानै ‘संघीय लिम्बुवान पार्टी नेपाल’ गठन गरेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?