Comments Add Comment

आलियाका लागि अभिनय श्रीमान्, गायन प्रेमी

aliya bhatta cute photo
चलचित्र ‘उड्ता पञ्जाव’मा काम गरेपछि बलिउड नायिका आलिया भट्टको अभिनयको तारिफ खुबै भयो । छोटो समयमा नै बलिउडमा छुट्टै स्थान बनाइसकेकी आलियाले अभिनयबाट तारिफ पाइरहेकी छिन् ।

उनै आलियाले आफ्नो अभियन र गायनलाई जीवनको नातासँग जोडेकी छिन् । आलियालाई लाग्छ अभिनय उनका लागि श्रीमान् जस्तै हो । अविवाहित यी सुन्दरीले गायनलाई आफ्नो प्रेमी भनेकी छिन् । उनले भनिन्-‘अभिनय मेरा लागि जीन्दगीमा लामो समयसम्म अगाडि बढ्ने प्रतिवद्धता हो भने गायन मलाई खुबै मनपर्ने चिज हो । तर, मलाई थाहा छैन कि गायनलाई म जिन्दगीको कुन क्षणसम्म एकसाथ लैजान सक्छु ।’

आलियाले हलिउडमा काम गर्न आवश्यक रहेको बताइन् । उनले हलिउड नायिका जेनिफर लोरेन्सको प्रशंसा पनि गरिन् । भनिन्-‘म जेनिफरले चलचित्रमा निर्वाहा गर्ने भूमिकालाई मन पराउछु र यस्तो भूमिका गर्न पनि चाहन्छु ।’ उनले जेनिफरको कामबाट धेरै कुरा सिक्न पाइने पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment