Comments Add Comment

सेयर बजारमा लगानी भएको स्रोत नखुलेको सम्पत्ति छानविन हुँदै

Stock-broker
३१ असार, काठमाडौं । पुँजी (सेयर) बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले सेयर बजारमा स्रोत नखुलेको सम्पत्तिको प्रयोग भइरहेको आशंका गर्दै सुपरीवेक्षण तथा छानविन समिति गठन गरेको छ । समितिले एक महिनाभित्र प्रतिवेदन पेश गर्ने व्यवस्था गरिएको छ ।

बोर्डले कार्यकारी निर्देशकको संयोजकत्वमा समिति गठन गरेको प्रवक्ता निरज गिरीले जानकारी दिए । उनका अनुसार बजारको स्वच्छता र पारदर्शीताका लागि निरन्तर काम गर्ने व्यवस्था गरिएको हो ।

‘हालको कारोबार संख्या र रकमको वृद्धिलाई हेर्दा धितोपत्र बजारमा समेत स्रोत नखुलेको रकम पनि प्रशस्त लगानी भएको आशंकालाई दृष्टिगत गरि छानविन समिति गठन गरिए हो,’ गिरीले भने । सेयर बजारमा हाल दैनिक एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुँदै आएको छ ।

बोर्डमा विभिन्न उजुरी तथा गुनासोहरु पराले सम्पत्ति शुद्धीकरण सम्बन्धी धितोपत्र दलाल (ब्रोकर) ले ग्राहकसँग गरेको कारोबार मोडालिटी सम्बन्धमा अध्ययन तथा छानविन गर्न समिति गठन गरिएको उनले बताए ।

उक्त छानविन समितिमा बोर्डको कानुन तथा प्रबलीकरण महाशाखा, नियमन महाशाखा र सुपरिवेक्षण महाशाखाका निर्देशकहरु रहने बोर्डद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । छानविनलाई प्रभावकारी बनाउन समितिमा आवश्यक्तानुसार अर्थ मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल प्रहरी, केन्द्रीय अनुसन्धाग विभाग (सीआइबी) र अन्य विज्ञलाई आमन्त्रण गर्ने व्यवस्था गरिएको छ ।

धितोपत्र बजार विगत भन्दा व्यापक भई सर्वसाधारण लगानीकर्ता, सूचीकृत संगठित संस्था, धितोपत्र कारोबार, धितोपत्र व्यवसायीको संख्या बढेको र बजारको दायरा समेत फराकिलो हुँदा स्रोत नखुलेको रकम प्रयोग भएको हुनसक्ने आशंका बढेको पनि बोर्डको विज्ञप्तिमा उल्लेख छ ।

स्रोत नखुलेको सम्पत्ति धमाधम सेयर बजारमा लगानी भएपछि सरकारी अधिकारीहरुले सेयर बजार उछालिएको विश्लेषण गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment