+
+

बाढीले बगाएको पुल तत्काल बनाउँन स्थानीयको माग

काम नगरे ठेकेदारको निर्माण उपकरण नदिने चेतावनी

रविन भट्टराई रविन भट्टराई
२०७३ साउन ८ गते ८:४८
2 photo dovan pul taplejung
ताप्लेजुङको निर्वाचन क्षेत्र १ र २ जोड्ने निर्माणाधिन पुल गत शुक्रबारको बाढीले बगाएको थियो

८ साउन, ताप्लेजुङ । तमोर नदीमा निर्माणाधिन मोटरेबल पुल गत शुक्रबारको बाढीले बगायो । ठेकेदार कम्पनीको लापरवाहीका कारण पुल बगाएको भन्दै पुन नबनाएसम्म ठेकेदारले ल्याएको क्रेनसहितका सामाग्री फिर्ता लैजान नदिने चेतानी दिएका छन् ।

ठेकेदारको लापरवाहिका कारण सम्झौता अवधिमा काम नसक्दा दुई निर्वाचन क्षेत्र जोड्ने निर्माणाधिन मोटरेवल पुल बगाएको भन्दै पुन निर्माण सम्पन्न नगरे सम्म दोभान बजारमा राखेको क्रेनसहितका निर्माण कार्यमा प्रयोग हुने सामान लैजान नदिने चेतावनी स्थानीयले दिएका हुन् ।

ताप्लेजुङको निर्वाचन क्षेत्र १ र २ जोड्ने निर्माणाधिन पुल गत शुक्रबार रातिको बाढीले बगाएको थियो । गत फागुनमै सक्नुपर्ने काम ठेकेदारको ढिलाइका कारण वर्षासम्म धकेलिएकाले क्षति भएको र पुल नहुँदा दोभान बजारसहित २ नम्बरको विकास निर्माणपछि परेको निष्कर्ष निकाल्दै स्थानीयलेे ठेकेदारलाई चाँडो काम गर्न आग्रह गरेका छन् ।

‘ट्रस्ट जडान बर्षाअघि सक्न पाएको भए पानीले भेट्ने थिएन र क्षति हुने थिएन तर बर्खाको समयमा काम गरे र जिल्लाले नै यसको क्षति बेहोर्नुपर्‍यो,’ स्थानीय नरमायाँ तमाङले भनिन् । नदीमा आएको बाढीले निर्माणाधिन पुल बगाउँदा दुई करोड पचास लाख बराबरको क्षति पुगेको पुल नियमनकर्ता उत्तर-दक्षिण लोकमार्ग आयोजना प्रमुख कुबेर नेपालीले बताए ।

२०६६ सालमा पहिलोपटक निर्माण सम्झौता भएको ७५ मिटर लामो पुलको कुल लागत १० करोड ३५ लाख ९५ हजार रुपैयाँ रहेको छ । पुल निर्माण गर्नुपर्ने जिम्मा कन्काई, मैनाचुली र याक्थुङहाङ कन्स्ट्रक्शन प्रालीले लिएको छ भने पुल निर्माणको लागि चाहिने सामान हुलास कम्पनीले उत्पादन गर्नुपर्ने संझौतामा उल्लोख गरिएको छ ।

समयमा पुल नबन्दा जिल्लाको निघुरादिन, फुलबारी, हाङपाङ, चाँगे, ढुंगेसाँघु, साँघु, फाकुम्बा, थिङलाबु, सान्थाक्रा, खोक्लिङ, लिबाङ, साँबा, खाम्लुङ, लिङ्तेप, थूकिमा, नाल्बु, पापुङ, लगायतका दुई दर्जन वडि गाविसका स्थानीय मर्कामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?