Comments Add Comment

मलाई जिउँदै छाडिदिएकोमा नेथनप्रति आभारी छुः टाइगर

tige-shroff

मुम्बई । अभिनेता टाइगर श्राफले चलचित्र ‘फलाइङ जट्ट’ को ट्रेलर लञ्च कार्यक्रममा आफ्नो फिल्ममा एक्सनको साथै कमेडी पनि भएको बताएका छन् ।

यस फिल्ममा सुपर हिरो टाइगरले अष्टे्रलियाका अभिनेता एवं रेशलर नेथन जोन्ससंग प्रतिस्पर्धा गरेका छन् । नेथनको वारेमा टाईगर भन्छन् ‘नेथनलाई धेरै धेरै धन्यवाद जसले मलाई ज्युँदै छाडिदिए’ ।

उनलाई लाग्छ हरेक वालवालिकाका सुपर हिरो उसको बाबु नै हुन् । एकता कपुरको ब्यानरमा बनेको यस फिल्ममा टाइगरको जोडी ज्याकलिन फर्नाडिस् रहेकी छन् ।

यस फिल्मको निर्देशन प्रसिद्ध कोरियोग्राफर रेमो डिसूजाले गरेक छन् । यो फिल्म आउदो २५ अगस्तमा रिलिज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment