Comments Add Comment

अख्तियार घेर्न गएका डाक्टरमाथि प्रहरी धरपकड

Doctor-Aandolan

९ साउन, काठमाडौं । १४ दिनदेखि आमरण अनसनमा बसेका शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीप्रति समर्थन जनाउँदै अख्तियार मुख्यालय घेराउन गर्न गएका चिकित्सक प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

चिकित्सा सेवामा सुधार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोगको माग गर्दै डा. केसी शिक्षण अस्पतालमा आमरण अनसनमा छन् ।

सोलिडारिटी फर जिकेसी अलाइन्स्ले आयोजना गरेको घेराउका लागि अख्तियारको मुख्यालयतर्फ अघि बढेका प्रदर्शनकारी डाक्टरको समूहलाई प्रहरीले भाटभटेनीमै रोकेर लाठी चार्ज तथा बुटले प्रहार गरेको छ ।

प्रहरीले शिक्षण अस्पतालका रेजिडेण्ट डाक्टर बद्री अर्याल, सागर पोखरेल, बिषद दाहाल, मिर्जा सिद्दीकी, बिक्रम ओली, पदम जोशी लगायत ९ जनालाई पक्राउ गरेको छ ।

डाक्टरहरुले लोकमानसिंह कार्की र अख्तियारको हर्कतबिरुद्धका नारा देखिएको प्लेकार्ड बोकेका थिए भने भाटभटेनी बाहिर चर्को नाराबाजीसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment