Comments Add Comment

डा. गोविन्द केसीले अनसन तोड्दै

Dr.-Govinda-KC,Hunger Strike

१० साउन, काठमाडौं । सरकारसँगको चारबुँदे सहमतिपछि डा. गोविन्द केसीले आज आमरण अनसन तोड्दैछन् । दिउँसो २ बजे अनसन तोड्ने कार्यक्रम छ ।

चिकित्सा शिक्षाबारे विभिन्न माग राख्दै त्रिवि शिक्षण अस्पतालका डा. केसी १६ दिनदेखि अनसनरत छन् । डा. केसीको समर्थनमा सडकमा समेत प्रदर्शन हुन थालेपछि सरकारले वार्ता टोली बनाएर छलफल सुरु गरेको थियो ।

त्यसक्रममा सरकार र डा. केसीबीच आइतबार राति चारबुँदे सहमति भएको थियो । चिकित्सा शिक्षा ऐन संशोधन गर्ने, विगतमा भएका सहमति कार्यान्वयन गर्ने र विवादित मनमोहन अस्पताललाई वीर अस्पतालले किन्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment