Comments Add Comment

‘जय परशुराम’ गीतमा नीशा र विराजको लोभलाग्दो केमेष्ट्री

biraj bhatta and nisha adhikari
नायक विराज भट्ट ५ बर्षपछि नेपाली चलचित्रको पर्दामा फर्किएकाले पनि यतिबेला उनको स्टारडमको चर्चा छ । विराज फेरि पुरानै शैलीमा पर्दामा चल्छन् या चल्दैनन् भन्ने अड्कलबाजी पनि चलेको छ ।

विराजको आगमनलाई विशेष बनाउन निर्देशक रोज राणाले पनि कुनै कसर बाँकी राखेका छैनन् । चलचित्रको टिजर र ट्रेलरबाटै चर्चा पाएको ‘जय परशुराम’को रोमान्टिक गीत सार्वजनिक भएको छ । महेश खड्काको संगीतमा तयार भएको ‘म त हुन्छु’ बोलको गीत युटुबबाट सार्वजनिक भएको छ ।

डाक्टर कृष्णहरि बरालको शब्द रहेको यो गीतमा दीपक लिम्बु र अञ्जु पन्तले आवाज दिएका छन् । यो गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।
रामजीले कोरियोग्राफी मिहिनेत गरेका छन्, जसको नतिजा भिडियोमा स्पष्ट देखिएको छ । संभवत नायक विराज भट्टको करिअरमै यो शैलीको कोरियोग्राफीमा बनेको गीत पहिलो हुनसक्छ । मौनता श्रेष्ठले लेखेको चलचित्रमा एनवी महर्जनको एक्सन, रामेश्वर कार्कीको छायांकन छ । गीतको भिडियोमा विराज र नायिका नीशा अधिकारीको लोभलाग्दो केमेष्ट्री देख्न सकिन्छ ।

चलचित्र ‘जय परशुराम’ साउन २८ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा रविन तामाङ खलनायकको भूमिकामा छन् । चलचित्र ‘नैना रेशम’को ‘ढल्क्यो ढल्क्यो’ बोलको गीतमा पनि विराज र नीशाको केमेष्ट्री सुहाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment