पासा उठाइसकेपछि सकुनिहरू
अाेसिलाे हावा पठाइदिन्छन्
देवनारायणाहरूकाे न्यानाे बस्तीतिर
र फर्किँदैनन् प्रभूकाे अादेशबिना
घाम डुबेकाे कुनै साँझ नियाल्न
रगतकाे रङले पैतालाकाे माटाे मुछ्दै
सङ्कल्पकाे मन्त्र जपेर
हरेक दिन निधारमा टाँस्छन्
देवनारायणहरू जङ्गे पिलरमा
घाउ दुख्दैन उनीहरूकाे
माटाे दुख्छ
मन दुख्दैन उनीहरूकाे
देश दुख्छ
अामाकाे पाउ छाेएर यात्रामा निस्केपछि
अाफ्नाे पाउ गलेकाे थाहा छैन
भाेक खाएर भाेक मेटाउँछन्
प्यास पिएर प्यास मेटाउँछन्
शीत अाढेर जाडाे धपाउँछन्
अागाे तापेर गर्मी हटाउँछन्
देवनारायणाहरू
छातीलाई ढाल बनाउँछन्
र पाखुरालाई तरवार बनाउँछन्
तरकारी चाेर्न पल्केका
बाँदरहरू देखेपछि
देवनारायणहरूकाे
मुटु हाेइन हिम्मत धड्किन्छ
नसामा रगत हाेइन जाेस बग्छ
बाटाेलाइ रथ सम्झन्छन्
अाकाशलाई मैदान सम्झन्छन्
अाँखाहरूमा बिजुली चम्किन्छ
वाणीहरुबाट चट्याङ पर्छ ।
स्वाधीनताकाे लाेरी सुन्दै निदाएका नानीहरु
राष्ट्रियताकाे सङ्गीत सुन्दै बिउँझन्छन
याे प्राण मेराे हाे
याे माटाे मेराे हाे
याे देश मेराे हाे ।
उर्लाबारी, माेरङ