Comments Add Comment

दीपिकाका पति बन्न तयार शाहिद

sahid and deepika padukone
मिरा राजपुतसँग बिहे गरेर सन्तानका बाबु बन्न लागेका बलिउड नायक शाहिद कपुर चलचित्रको पर्दामा भने नायिका दीपिका पादुकोणको श्रीमान् बन्न तयार भएका छन् ।

भारतका सफल निर्देशक संजयलिला भन्सालीको नयाँ चलचित्र ‘पद्मावती’मा साहिद दीपिकाका पति बन्न लागेका हुन् । चलचित्रमा सुरुवातमा दीपिकाका पतिका रुपमा फवाद खानको नाम चर्चामा थियो । तर, अब शाहिदको नाम लगभग तय भएको भारतीय मिडियाको दाबी छ । दीपिका र शाहिदले पहिलो पटक चलचित्रमा काम गर्न लागेका हुन् । निर्माता साजिद नाडियाडवाला यी दुई कलाकारलाई लभ स्टोरी चलचित्र ‘हीर और राँझा’मा एकसाथ काम गराउन चाहन्थे ।

तर, यो चलचित्र अहिले नबन्ने अवस्थामा पुगेको छ । यो चलचित्रमा आफूसँग काम गर्ने कलाकार ठूलो स्टार होस् भन्ने दीपिकाको चाहना थियो । यो चलचित्रमा शाहिद रतनको भूमिकामा देखिदैछन्, जसका लागि उनी सुरुवातमा तयार थिएनन् ।

तर, जब उनले आफ्नो भूमिकाको बारेमा गम्भिर रुपमा वुझे अनी तयार भएका हुन् । यो चलचित्रका लागि शाहिदले २ सय दिन दिनेछन् । अहिले शाहिद आफ्नो लुकमा काम गरिरहेका छन् । संजयलिलाको यो चलचित्र सन् २०१७ को डिसेम्बरमा रिलिज हुने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment