+
+

महानगरले ल्यायो उपत्यकाको पुनर्संरचनाको विकल्प

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २८ गते ६:२०

Kathmandu-Metropolition-Cit२८ साउन, काठमाडौं । देशभर स्थानीय निकाय पुनर्संरचनाको बहस चलिरहेका बेला काठमाडौं उपत्यकाभित्रका तीन जिल्ला समेटेर बृहत काठमाडौं महानगर कार्यपालिका बनाउने प्रस्ताव ल्याएको छ ।

उपत्यकाभित्र काठमाडौं, ललितपुर, भक्तपुरलाई समेटेर एउटै प्रशासनिक राजनीतिक एकाइ बनाउने प्रस्ताव काठमाडौं महानगरपालिकाले अघि सारेको छ ।

महानगरपालिकाले उपत्यकाको एकीकृत विकासका लागि एउटै अधिकारसम्पन्न प्रशानसनिक राजनीतिक एकाइ बनाउने प्रस्ताव ल्याएको हो । आजको राजधानी दैनिकमा समाचार छ ।

बृहत बकाठमाडौं महानगरभित्र कम्तीमा ५० ओटा बडा कार्यालयहरु राख्ने, वडा कार्यालयलाई नै नगरपालिका तहको सेवा केन्द्र बनाउने, महानगरको आफ्नै प्रहरी प्रशानसन, अदालत हुने र यसले स्वतन्त्रतापूर्वक कर उठाउन पाउने प्रस्तावमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?