Comments Add Comment

संविधान कार्यान्वयन एमालेको प्रमुख प्राथमिकताः ओली

Kp-oli

८ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संबिधान कार्यान्वयन एमालेको प्रमुख प्राथमिकता रहेको बताएका छन् ।

सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा नेपालका लागि अमेरिकी राजदूत अलाइना डि टेप्लिजसँगको भेटवार्तामा ओलीले संविधान कार्यान्वयनमा एमालेको भूमिका प्रष्ट रहेको जनाए ।

संविधानले परिकल्पना गरेको तीन तहको निर्वाचन गर्नका लागि डेढ वर्ष मात्रै रहेको अवस्थामा एमालेको भूमिका कस्तो हुन्छ ? भन्ने अमेरिकी राजदूतको जिज्ञासामा ओलीले आफूले सरकारको नेतृत्वमा रहका बेला नै संविधान कार्यान्वयनको कार्ययोजना सार्वजनिक गरेको स्मरण गराउँदै अहिलेको अवस्थामा संविधान कार्यान्वयन एमालेको पहिलो प्राथमिकता भएको बताएको एमालेले जनाएको छ ।

करिब आधा घण्टा लामो भेटवार्ता सरकार परिवर्तन र संविधान कार्यान्वयनका विषयमा केन्द्रित थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment