Comments Add Comment

बेचबिखनका लागि लैजाँदै गर्दा १०३ चेलीको उद्धार

१६ भदौ, चितवन । विभिन्न जिल्लाबाट मानव तस्करले बेचबिखन गर्न लैजाँदै गर्दा चितवनबाट गएको एकबर्षमा १०३ जना महिलाको उद्धार भएको छ ।

Mahila-Himsaमाइती नेपालले गएको एक वर्षमा यसरी चितवनबाट १०३ जना चेलीको उद्धार गरी घर फर्काएको क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीले जानकारी दिए ।

विभिन्न सचेतना कार्यक्रम तथा सडकमै सूचना केन्द्र स्थापना गरेर गाडीमा जाँच गर्ने अनि शङ्कास्पद लागेकालाई सोधखोज गर्दा उनीहरुलाई पत्ता लगाएर घर फर्काइएको हो । तर यसरी उनीहरुलाई घर फर्काइए पनि पीडक भने सजिलै उम्कने गरेको दवाडीले जानकारी दिए ।

यसरी उद्धार गरिएकामा १० देखि १६ वर्ष उमेरका ५२, १७ देखि २० वर्ष उमेरका २३ तथा २१ देखि ३५ वर्षका २८ जना रहेका छन् ।

यस्तै, माइती नेपालले २९ वटा घरेलु हिंसाका घटनामा आफूहरुले काम गरेको जनाएको छ । उद्धार गरिएका चेलीले समेत स्पष्ट कुरा नभनिदिने, भनिहालेमा पनि कानुन कार्यान्वयन गर्ने निकाय फितलो हुने, अभिभावक संवेदनशील नहुनेलगायत समस्याका कारण उनीहरु सजिलै उम्कने गरेको दुखेसो माइती नेपाल चितवनको छ । १०३ जना उद्धार गर्दा जम्मा चारजना मात्रै कारबाहीको दायरामा पुग्नुले पनि यसलाई पुष्टि गरेको छ ।

पछिल्लो समयमा अधिकांश चेली भूकम्पप्रभावित जिल्लाबाट आउने गरेको र भूकम्पले बुबाआमा गुमाएका, घर भत्किएका र पीडित बनेका धेरै रहेको माइती नेपालकी मनोविमर्शकर्ता जयन्ती खनालले जानकारी दिए ।

उनका  अनुसार गोरखा, धादिङ, लमजुङ, नुवाकोटलगायत जिल्लाका चेलीलाई चितवन हुँदै भारत लैजाने गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment