Comments Add Comment

रोल्पाका मेयरले ल्याए ‘खेलाडी हौं, हामी खेलाडी’

६ चैत, काठमाडौं । गीतकार पुरण क्षेत्रीको खेलाडी गीत ‘खेलाडी हौं, हामी खेलाडी’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

गायक मोहित श्रेष्ठ र सागर अविरल जिसी तथा गायिकाहरु प्रगति महरा र निर्मला घिसिङको स्वर रहेको खेलाडी गीतको म्यूजिक भिडियो युट्युवमार्फत् सार्वजनिक गरिएको हो ।

दिपिन थापाको नृत्य निर्देशन रहेको भिडियोको क्यामेरा कोरियोग्राफी, क्यामेरा र सम्पादन भीम कुमाखीले गरेका छन् ।

तीन वर्षअघि रेकर्ड गरिएको यो खेलाडी गीतको एरेञ्ज कृष्ण पुनले गरेका छन् भने अक्सिजन मिडिया प्रालिले अडियो सार्वजनिक गरेको थियो ।

गायक तथा संगीतकार मोहित श्रेष्ठको संगीत रहेको उक्त म्यूजिक भिडियोमा सुनछहरी कला केन्द्रका कलाकारहरुको नृत्य रहेको छ । यो गीत भिडियो नबन्दै चर्चित थियो ।

हाल रोल्पा नगरपालिकाका मेयरसमेत रहेका गीतकार क्षेत्रीले जलजलाको नूतन सन्देश (२०६३) र देशले उत्साह खोजिरहेछ (२०७३) कविता संग्रह पनि प्रकाशन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment