Comments Add Comment

‘हिरो रिटर्न्स’मा एक्सन लेडी रेखा

rekha thapa in hero retruns
यो बर्ष आफ्नो ब्यानर बाहिरको दोश्रो चलचित्रमा काम गरिरहेकी नायिका रेखा थापाले चलचित्रमा आफ्नो लुक सार्वजनिक गरिरहेकी छिन् ।

यतिबेला हेटौडामा छायांकन भैरहेको चलचित्र ‘हिरो रिटर्न्स’मा रेखा एक्सन लेडीको रुपमा देखिएकी छिन् । चलचित्रमा सविन श्रेष्ठ र दिल श्रेष्ठ पनि रेखाको साथमा मुख्य भूमिकामा देखिनेछन् ।  बुलेट बाइक कुदाइरहेको भिडियो समेत रेखाले फेसबुकमा पोष्ट गरेकी थिइन् ।
rekha thapa action style
सविन श्रेष्ठको प्रस्तुतीमा तयार भैरहेको यो चलचित्रमा रेखा थापा पूर्ण रुपमा एक्सन अवतारमा देखिनेछन् । उसो त रेखा केही बर्षयता एक्सन शैलीमा उत्रिएकी छिन् । चलचित्र ‘पलाँस’मा भने रेखाको गेटअप विल्कुल फरक देखिएको छ । चलचित्रलाई आशिष भेटवालले निर्देशन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment