Comments Add Comment

नासाले सार्वजनिक गर्यो वृहस्पतीका नयाँ तस्वीर

jupiter_picture_juno_credit_nasaअमेरिकी अन्तरीक्ष संस्था नासाले सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतीका नयाँ तस्वीर सार्वजनिक गरेको छ ।

जूनो नामक भूउपग्रहबाट खिचिएका नयाँ तस्वीरहरु नासाले जारी गरेको हो । यी तस्वीरहरुमा वृहस्पतीको दुबै ध्रुवमा ग्यासका ठूला ठूला बादलहरु घुमिरहेको देखिने नासाले जनाएको छ । यसअघि वृहस्पती ग्रहका कुनैपनि तस्वीरमा यस्ता बादल देखिएका थिएनन् ।

गत जुलाई ५ मा वृहस्पतीको कक्षमा स्थापित भएसँगै जूनो नाम स्याटेलाइट पहिलोचोटी बृहस्पतीको नजिक नजिक पुगेर उक्त ग्रहका विभिन्न खाले तस्वीर तथा अनय जानकारीहरु संकलन गरेको छ ।

बृहस्पतीको उत्पत्ति तथा विकाशका साथै सौर्यमण्डलको रहस्य पत्ता लगाउनका लागि नासाले जूनो नामक भुउपग्रह प्रक्षेपण गरेको थियो । बृहस्पतीको कक्षमा रहँदा यो स्याटेलाइटले ग्रहको बनावट, तापक्रम, गति लगायतका तथ्यहरु पत्ता लगाउनेछ ।

यसले वृहस्पतीमा रहेको ठूलो धब्बा तथा त्यहाँ उठ्ने तुफानहरुका बारेमा पनि जानकारी संकलन गर्नेछ ।
जूनो अहिले एक अण्डाकार मार्गमा घुम्दै बृहस्पतीको नजिकबाट गुज्रिरहेको छ । यसलाई वृहस्पतीको एकपटक परिक्रमा गर्न ५३ दिन लाग्दछ ।

सन् २०१८ को फेब्रुअरीमा जूनो बृहस्पतीमै नष्ट हुनेछ । त्यसअघि सम्म यसले यो ग्रहका बारेमा विभिन्न महत्वपूर्ण जानकारी जुटाउने विश्वास वैज्ञानिकहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment