Comments Add Comment

संविधान दिवसमा नेपालीलाई अमेरिकी राष्ट्रपति ओबामाको शुभकामना

२ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले संविधान दिवसको अबसरमा नेपालीहरूलार्इ शुभकामना दिएका छन् ।

Barak-Obamaओबामाले संविधान दिवसको अबसरमा पठाएको सन्देशमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली जनतालाई बधाई समेत दिएका छन् ।

‘यहाँहरूले असोज ३ गते संविधान दिवस मनाउँदै गर्दा तपाईँ र नेपाली जनताहरूलाई बधाईज्ञापन गर्न पाए मलाई खुशी लागेको छ ।

अमेरिकाका जनताको तर्फबाट शुभकामना व्यक्त गर्न पाएकोमा समेत मलाई गौरवानुभूति भएको छ’ अमेरिकी राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

विनाशकारी भूकम्पको स्मरण गर्दै ओबामाले आफन्त गुमाएका परिवारहरूको शोक अझै पनि अमेरिकी जनताले अनुभूत गरिरहेका बताएका छन् । त्यस शोकका बीच पनि नेपालको भविष्यका लागि ठूलो आशा रहेको छ । दु:खद घटनालाई उज्ज्वल भविष्यको कामनाको बीचमा आउन नदिने यात्रामा हामी तपाईँ र सारा नेपालीहरूको साथमा छौँ, उनले भनेका छन् ।

साथै उनले आफ्ना घर र जीवनहरू पुनर्निर्माणमा प्रयत्‍नरत नेपालीहरूलार्इ सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति ओबामाले सन्देशमा भनेका छन्, म तपाईँलाई के आश्‍वासन दिन चाहन्छु भने संयुक्त राज्य अमेरिका हामीबीचको सम्बन्धलाई अघि बढाउन र समुज्ज्वल भविष्यको उपलब्धिमा नेपाललाई सहयोग गर्नका लागि प्रतिबद्ध छ ।’

नेपालको जलविद्युत् सम्भावनाको वृद्धि, पूर्वाधार विकास र दु:खद द्वन्द्वबाट प्रभावित सबैका लागि न्यायको खोजी लगायतका उपलब्धिमा मद्दत गर्ने उनको प्रतिबद्धता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment