Comments Add Comment

उदयपुर, सिन्धुली र मकवानपुरलाई २ नम्बर प्रदेशमा राख्न एमाले बैठकमा प्रस्ताव

केन्द्रीय सदस्यले भने-एमालेलाई हराउन एमाले बाहेक अरुले सक्दैनन्

UML-cc

७ असोज, काठमाडौं । नेकपा एमालेका मधेसी नेताहरुले पार्टी नेतृत्वले तराई-मधेसलाई हेला गरेको भन्दै मधेस केन्दि्रत कार्यक्रम लिएर तराई र्झन नेतृत्वलाई सुझाव दिएका छन् ।

पार्टी केन्द्रीय कमिटीको जारी बैठकमा मधेसका नेताहरुले मधेसमा केपी ओली नेतृत्वको सरकारले बिनियोजना गरेको बजेट र जनपि्रय कार्यक्रमको मधेस ी जनताबीच प्रचार गर्न नसकिएको बताएका छन् ।

प्रदेश नम्बर २ का टोली नेता प्रल्हाद गिरी र प्रदेश नम्बर ५ का बैजनाथ चौधरीले समूहगत छलफलको निष्कर्ष पनि यसैगरी सुनाएका थिए । शुक्रबार पनि जारी रहेको बैठकमा मधेसमा विशेष कार्यक्रमसहित एमाले जानुपर्ने सुझाव आएको नेताहरुले बताए ।

एमालेका मधेसी नेताहरुले २ नम्बर प्रदेश हेला भएको बताए । उनीहरुले उदयपुर, सिन्धुली र मकवानपुरलाई २ नम्बर प्रदेशमा मिलाउन आग्रह गरेको एमाले स्रोतले जनाएको छ ।

बैठकमा केन्द्रीय सदस्य श्रीप्रसाद साहले मधेसप्रति पार्टीको ध्यान जान नसकेको गुनासो गरे ।

नेताहरुलाई बोल्दा पनि मधेसीको भावनामा चोट पर्छ भन्नेमा ख्याल गर्न उनले सुझाव दिए ।

जारी बैठकमा केन्द्रीय सदस्यहरुको सुझाव आउने क्रम जारी छ । उनीहरुले एमालेलाई हराउन एमाले बाहेक अरुले नसक्ने टिप्पणी समेत गरेको बैठकमा सहभागीहरुले बताए । ‘एमालेलाई एमालेले नै हराउने र सिध्याउन खतरा छ । गुटबन्दी अन्त गरेर एकजुट हुने हो भने हामीलाई बिरोधीले हराउन सक्दैनन्’ बैठकमा आएका सुझाव सुनाउँदै एक नेताले भने ।

एमाले सचिव योगेश भट्टराईले बैठकमा आएका सुझावहरु सुनाउँदै भने-केपी ओली, झलनाथ खनाल, माधव नेपाल र बामदेव गौतमले एक स्वरमा भन्नुपर्‍यो, एमालेलाई कता लैजान खोज्दै हुनुहुन्छ ? पार्टीको बिचार र नेतृत्वलाई स्थापित गर्न सबैले सामुहिक ढंगले लाग्नुपर्छ ।’

यसपटक बैठकमा गुटबन्दी अन्त गर्न सामुहिक भावना आएको केन्द्रीय सदस्य माधव ढुंगेलले बताए । उनले भने-गुटबन्दीबाट धेरै नेताहरु पनि दिक्क भइसकेका छन् । बैठकमा सकारात्मक ढंगले कुरा उठेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment