Comments Add Comment

‘लालपुर्जा’मा श्रृष्टीको इन्ट्री, कतै सौगात त होइनन् कारण ?

shristhi shrestha in lalpurja
निगम श्रेष्ठले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘लालपुर्जा’को घोषणा कार्यक्रममा नायिका श्रृष्टी श्रेष्ठको नाम थिएन । निर्माणपक्षले सार्वजनिक गरेको प्रेस विज्ञप्ती होस् या कार्यक्रममा मन्तव्यको क्रममा नै किन नहोस्, उनको अत्तोपत्तो थिएन ।

हुनत, सुरुवातमा यो चलचित्रमा श्रृष्टीले काम गर्ने चर्चा थियो । तर, पछि पत्रकार सम्मेलनमा नायिकाको रुपमा मिरुना मगरलाई सार्वजनिक गरिएपछि धेरै अचम्मित पनि बनेका थिए ।

तर, छायांकनमा जानु अगाडि गरिएको शुभसाइतमा नायिका श्रृष्टी श्रेष्ठ एकाएक देखिइन् । यस बिषयमा अनलाइनखबरले निर्माता माधव वाग्लेसँग वुझ्न खोज्दा उनले भने-‘हामीले श्रृष्टीलाई गोप्य रुपमा नै चलचित्रमा खेलाउने तयारी गरेका थियौ ।

घोषणा कार्यक्रममा उनी उपस्थित नभएकाले पनि नाम उल्लेख नगरिएको हो ।’ श्रृष्टीलाई सस्पेन्स राख्न खोजिएपनि मुहुर्तमा नै किन निर्माणपक्षले सार्वजनिक गर्‍यो ? यो प्रश्न उठ्नु पनि स्वभाविक नै हो ।

चलचित्रमा नायक सौगात मल्ल मुख्य भूमिकामा छन् । अहिले सौगात र श्रृष्टीको प्रेम चर्चाले नेपाली चलचित्र बजार गर्मिएको छ । यस्तो अवस्थामा श्रृष्टीको चलचित्रमा इन्ट्रीमा कतै सौगातको त हात छैन भन्ने प्रश्न उठ्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment