Comments Add Comment

बागेश्वरी र जय मंगलम सिमेन्ट उद्योगको इजाजत निलम्बन

jayabageshwari-cement
१३ असोज, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तहीन सिमेन्ट उत्पादन गरेको भन्दै बाँकेका बागेश्वरी र जय मंगलम सिमिन्ट उद्योगको इजाजत पत्र  निलम्बन गरेको छ ।

विभागले उद्योगले उत्पादन गरि बजारमा पठाएको सिमेन्टको नमुना संकलन गरी ल्याव परीक्षण गर्दा आई आइ सरकारले तोकेको मापदण्डभन्दा बढी भएको भन्दै यसअघि सो ब्याचको सिमेन्ट बिक्री वितरणमा रोक लगाएको थियो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार सञ्चालन बोर्डको बैठक बसी उद्योगले उपभोक्तालाई गुणस्तहीन सिमेन्ट बिक्री गरेको भन्दै इजाजत निलम्बन गर्ने निर्णय गरेको हो ।

बजारमा बागेश्वरी सिमेन्ट उद्योगका पिपिसी सिमेन्ट ब्रज शक्ति, त्रिशक्ति सुपर र जेविसी ब्रान्डमा बिक्री भइरहेको छ । यसैगरी मंगलम सिमेन्ट उद्योगको पनि पीपीसी यति, जेएमसिज रक स्ट्रोङ र गौरब ब्रान्डको नाममा बजारमा बिक्री भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment