Comments Add Comment

गुगलले आफ्ना कर्मचारीहरुलाई कसरी खुसी राख्छ ?

google stafकेही वर्षअघि गुगलको भारतस्थित कार्यालयमा कार्यरत इन्जिनियरहरुको एक समूहले गुगलको म्यापिंग डाटालाई सुधार गर्ने मनसाय अनुरुप इन्टरनेटको पहुँच भएका मानिसहरुलाई गुगल म्यापमा स्वेच्छिक योगदान दिनसक्ने व्यवस्था गर्ने सोँच बनाए ।

गुगलले अहिले विश्वभर नै आफ्ना कर्मचारीहरुको स्वतन्त्रतामा जोड दिरहेको छ ता की स्टार्टअपहरुको उत्कृष्टतासँग प्रतिस्पर्धा गर्न सकियोस् ।

गुगलका प्रमुख सांस्कृतिक अधिकृत स्टेसी एस सुलिभान कम्पनी अहिले कसरी परम्परागत शैलीबाट टाढा रहेको छ र कर्मचारीहरुलाई खुसी राख्न र टिकाइराख्नका लागि कसरी स्वतन्त्रता प्रदान गरिरहेको छ भन्ने कुरा बताउँछन् ।

उनी भन्छन् : हामी पूर्ण छैनौँ र हाम्रा पनि चुनौतिहरु छन् । अहिलेपनि राम्रा कर्मचारीहरु भर्ना गर्न हामीलाई किन कठिनाई भैरहेको छ भने धेरै मानिसहरु स साना कम्पनीमै काम गर्न रुचाउँछन् । र, हामीले पनि यसै गरी हाम्रो प्रडक्ट समूह बनाउने जस्ता कार्य गर्ने प्रयास गरिरहेका छौँ । मातृ कम्पनी अल्फाबेट अन्तरगतका हाम्रा अरु टेक कम्पनीहरु उद्यमशील वातावरण निर्माणमा जुटिरहेका छन् । र कर्मचारीहरुले आफुले कम्पनीमा प्रभावकारी रुपमा योगदान गरेको अनुभव गर्न सक्छन् ।

यद्यपि गुगलबाट कर्मचारीहरुले जागिर छाडेर स साना स्टार्टअपहरुमा जागिर खाने दर भन्दा स्टार्टअपहरुको जागिर छाडेर गुगलमा छिर्ने जनशक्तिको अनुपात बढि छ । मानिसहरुलाई विश्वासमा राख्नु र यथार्थता बोध गराउनु भनेको कर्मचारीालई टिकाइराख्ने अर्को कदम हो किनकी जो कर्मचारीलाई आफुलाई जागिरमा सुरक्षित ठान्दछ उसले कार्यक्षेत्रमा राम्रो प्रगति गर्दछ ।

सुलेभान भन्छिन् : हामीले कर्मचारीलाई जति धेरै स्वतन्त्रता दिन्छौँ, उनीहरुले उति नै धेरै राम्रो काम गर्ने गरेको हामीले पाएका छौँ ।

गुगलमा एउटा समितिमा पनि छ जसमा विभिन्न क्षेत्रमा काम गर्ने कर्मचारीको प्रतिनिधित्व छ । कर्मचारी भर्ना गर्ने सन्दर्भमा यसले ठूलो भूमिका खेल्दछ र कुन कर्मचारी कम्पनीको सबै खाले कामका लागि योग्य छ भन्ने ठानिन्छ त्यसलाई मात्र भित्राइन्छ ।

विश्वका ४० वटा देशमा गरी अहिले गुगलका झण्डै ७० वटा कार्यालय छन् । तर गुगल भित्रको वातावरण केवल सित्तैको खाना तथा फनी कार्यवातावरण मात्र होइन । गुगलमा कर्मचारी आकषिर्त हुने वा टिकिराख्ने प्रमुख कारण भनेको यसको तलब सुविधा ।

सुलेभान भन्छिन् : हामी परम्परागत कम्पनी होइनौँ र यस्तो परम्परावादी हुन पनि चाहँदैनौँ । कर्मचारी तथा व्यवस्थापकहरुलाई समायोजन गर्ने चुनौति हाम्रो सामु छ । हामीले समायोजनको गति भन्दा तिव्र रुपमा नयाँ कर्मचारी भर्ना गर्न चाहँदैनौँ ।

क्ुनैपनि कर्मचारीको आवाज व्यवस्थापनले सुनुवाई गरेमा मात्र कर्मचारीलाई टिकाइराख्न सकिने उनको भनाई छ ।

सुलेभानका अनुसार नयाँ पुस्ताका कर्मचारीको लागि काम गर्नका लागि राम्रो परियोजना दिनु नै एक किसिमको प्रोत्साहन जस्तै हुन्छ । अमेरिकामा खानेकुरा तथा अन्य खाले श्रोतसाधनहरुलाई यस्तो खाले प्रोत्साहनको रुपमा कर्मचारीलाई दिने प्रचलन व्याप्त छ । तर भविष्यमा यस्तो चलनले खासै काम गर्ने देखिँदैन । त्यस्तो कम्पनी जसले कर्मचारीलाई दीर्घकालसम्म परिवर्तन गर्नसक्ने परियोजनामा सहभागी गराएर काम गर्ने अवसर प्रदान गर्नसक्छ, त्यस्ता कम्पनीका कर्मचारीहरु बढि खुसी रहन्छन् ।

तपाइँले सँगै काम गर्ने मानिसहरु र उनीहरुको स्मार्टनेस नै तपाइँका लागि ठूलो प्रोत्साहन हो ः उनी भन्छिन् । वास्तवमा प्रेरणादायी मानिसहरुसँग काम गर्नु भनेको कर्मचारीहरुका लागि ठूलो उत्प्रेरक हुने दाबी उनको छ । टाइम्स अफ इण्डियाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment