Comments Add Comment

ह्वाट्सएप संस्थापकले भने, फेसबुक डिलिट गर

फेसबुक स्वामित्वको लोकप्रिय मेसेजिङ्ग एप ह्वाट्सएपका सह-सस्थापक ब्रायन ऐक्टनले सबै फेसबुक प्रयोगकर्तालाई आफ्नो फेसबुक अकाउन्ट डिलिट गर्न अपिल गरेका छन् ।

हालै विद्यार्थीहरुसँग कुराकानी गर्दै उनले सबैले फेसबुक डिलिट गर्नुपर्ने बताएका हुन् ।

हाल ह्वाट्सएपको प्रतिस्पर्धीको रुपमा उदाइरहेका गैर नाफामूलक कम्पनी सिग्नलको नेतृत्व गरिरहेका ऐक्टनले फेसबुक सिइओ मार्क जुकरबर्गमाथि गम्भीर आरोपसमेत लगाएका छन् ।

फेसबुक सीईओ मार्क जुकरबर्गले कम्पनीको फाइदाका लागि फेसबुकमा विज्ञापनलाई बढावा दिइरहेको र प्रयोगकर्ताको गोपनीयताको सौदाबाजी गरेको उनको आरोप छ ।

मानिसहरुलाई फेसबुक बहिष्कार गर्न अनुरोध गर्दै उनले आफ्ना डिभाइसबाट फेसबुक र यससँग सम्बन्धित एपहरु समेत डिलिट गर्न भनेका छन् ।

पछिल्लो समयमा प्रयोगकर्ताका डाटाहरुको दुरुपयोग भएका एकपछि अर्को खबरसँगै दबाबमा परेको फेसबुकका लागि ह्वाट्सएपका सहसस्थापकको यस्तो आरोपले झनै धक्का लागेको टिप्पणी गरिएको छ ।

विद्यार्थीहरुको एक भेलालाई सम्बोधन गर्दै ऐक्टनले गुगल तथा फेसबुक जस्ता ठूला कम्पनीहरुमाथि धावा बोल्दै उनीहरुले पैसा कमाउनका लागि प्रयोगकर्ताका डाटाहरु बेचिरहेको आरोप लगाए ।

फेसबुकमाथि ऐक्टनले हमला गरेको यो दोस्रोपटक हो । गत वर्ष उनले फेसबुकमा लेखेका थिए, ‘यो समय हो । #delete facebookÚ  ।

उनले त्यस्तो लेखेको केही समयपछि फेसबुक क्याम्ब्रिज एनालिटिका काण्डमा फस्यो । सन् २०१६ को अमेरिकी राष्ट्रपतिय चुनावका क्रममा ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटाको दुरुपयोग गरिएको खुलासा भयो ।

स्मरणरहोस् ब्रायन ऐक्टनले सन् २०१४ मा १४ अर्ब डलरमा ह्वाट्सएप फेसबुकलाई बेचेका थिए । सन् २०१७ मा उनी ह्वाट्सएपबाट अलग भए । उनले ह्वाट्सएपलाई पूर्णरुपमा विज्ञापन मुक्त राखेका थिए । तर पछि फेसबुकले ह्वाट्सएपलाई पनि विज्ञापनको साधनका रुपमा प्रयोग गरेपछि उनले फेसबुक डिलिट गर्ने अभियानको अपिल गर्न थालेका हुन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment