+
+

प्राथमिक स्वास्थ्य केन्द्रमा न डाक्टर, न सिटामोल

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ३० गते ११:०४

Pyauli-Health-Post-Bhojpur

३० असोज, भोजपुर । भोजपुरको पूर्वी भेगमा रहेको प्रमुख व्यापारिक केन्द्र प्याउलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सिटामोलसमेत नपाइँदा बिरामीहरु मर्कामा परेका छन् । स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसारको डाक्टर समेत छैनन् ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारले हरेक स्वास्थ्य केन्द्रमा डाक्टर पुर्‍याउने निर्णय गरे पनि भोजपुरस्थित प्याउली स्वास्थ्य केन्द्रमा निर्णय कार्यान्वयन भएको छैन ।

प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कार्यालय सहयोगी निलमणि नेपालकाअनुसार केन्द्रमा उपचारका लागि आउने बिरामीलाई सिटामोल समेत दिन सक्ने अवस्था छैन । ‘स्वास्थ्य केन्द्रमा सिटामोल सकिएको झन्डै दश दिन भयो तर अझै सिटामोल लगायतका औषधि ल्याउने कुनै सुरसार छैन,’ उनले भने ।

प्याउली हिले-भोजपुर सडक खण्डको मुख्य भागमा पर्छ मध्यपहाडी लोकमार्गको पनि मुख्य खण्ड मानिने प्याउली हुँदै यातायातका साधनहरु गुड्ने गर्छन् । यातायातको पहुँच भएको स्थानमा पनि सिटामोल जस्तो अत्यावश्यक औषधि नपाइँदा विरामी र तिनिहरुका आफन्त स्वास्थ्य केन्द्रभन्दा करिब दुई किलोमिटर टाढा रहेको मेडिकलबाट महंगोमा औषधि किनेर खान बाध्य छन् ।

Medical-hall-Bhojpurकेन्द्रमा आएका बिरामीलाई लगभग दुई किलोमिटर टाढा रहेको मापदण्ड विपरीत संचालनमा आएको हेल्थ असिस्टेन्ट डम्बर खनाल र दिपेन्द्र ढकालको निजी मेडिकलमा रेफर गरिन्छ । निःशुल्क पाइने सिटामोल पनि सो मेडिकलबाट १० रुपैयाँ तिरेर खानुपर्ने बाध्यता रहेको विरामीहरु बताउँछन् ।

अहेबले गर्छन् डाक्टरको काम 

सरकारले निःशुल्क रुपमा वितरण गर्ने भनेको ७० किसिमका औषधिको भण्डारण पनि केन्द्रमा अव्यवस्थित ढंगले गरिएको छ ।

बिरामीको चाप उच्च रहेपनि अहिले स्वास्थ्य केन्द्रमा एकजना अनमी र एकजना कार्यालय सहयोगीको भरमा चल्दै आएको छ । तीन शैया क्षमताको प्राथमिक स्वास्थ्य केन्द्र प्याउलीमा एकजना डाक्टर, २ जना अहेब, १ जना स्टाफ नर्स, ३ जना अनमी र २ जना कार्यालय सहयोगीको दरबन्दी छ । केन्द्रमा एमबीबीएस डाक्टर मात्र होइन लामो समयदेखि १ जना अहेब र स्टाफ नर्सको दरबन्दी रिक्त रहँदै आएको छ । अनमी भने आवश्यकता भन्दा बढी करारमा नियुक्त गरिएको छ ।

एमबीबीएस डाक्टर कृष्णकुमार यादव एमडी गर्न काठमाडौं गएपछि लामो समयदेखि स्वास्थ्य केन्द्र डाक्टरबिहीन अवस्थामा छ । एमबीबीएस डाक्टरको काम अहेव रुपक पुलामीले गर्दै आएका छन् ।

डाक्टर नहुँदाले गर्दा चम्पे, चरम्बी, याकू, तिवारीभन्ज्याङ, यान्ग्पांग, हेलौछा लगायतका गाबिसबाट उपचार गर्न आउने बिरामीहरु मारमा पर्दै आएका छन् । स्वास्थ्य केन्द्रले जुन किसिमको सेवा दिनुपर्ने हो त्यो किसिमको सेवा दिन नसकेको सो क्षेत्रका बासिन्दाहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?