Comments Add Comment

कांग्रेसले महाअभियोग प्रस्तावलाई टुंगोमा पुर्‍याउँछः प्रकाशमान

prakashman७ कात्तिक, सुर्खेत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोगको प्रस्तावले संसदमा प्रवेश पाइसकेकाले त्यसलाई टुंगोमा पुर्‍याउन कांग्रेसले भूमिका खेल्ने बताएका छन् ।

कानुनी राज्य सबैले मान्नुपर्ने भन्दै सिंहले संसदको नियमावली अनुसार महाअभियोगको प्रस्तावलाई टुंगोमा पुर्‍याउनुपर्ने बताए ।

नेपाल प्रेस युनियन सुर्खेतको पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले महाअभियोग दर्ता गर्दा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेससँग माओवादीले छलफल नगरेकोमा आपत्ति जनाए ।

फरक प्रसंगमा नेता सिंहले नयाँ संविधानलाई कार्यान्वयन गर्ने प्रमुख चुनौती रहेको भन्दै प्रमुख दलहरु मिल्नुको विकल्प नभएको बताए ।

उनले मधेसी मोर्चा लगायतका दलहरुको जायज माग सम्बोधनका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग वार्ता र छलफल गरी अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment