Comments Add Comment

नेपाल-भारत बैठकमा गण्डक सम्झौताको विषय उठाइने

परराष्ट्रमन्त्री डा. महत आज भारत जाने

१० कात्तिक, काठमाडौं । आगमी विहीबार भारतको नयाँदिल्लीमा हुन गइरहेको नेपाल भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

Prakash-Sharan-Mahatसो बैठकमा नेपालका तर्फबाट मन्त्री डा. महत र भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराजले प्रतिनिधित्व गर्ने भएका छन् ।

बैठकमा नेपाल भारतका बीचमा विगतमा भएका सम्झौता र आयोजनाको कार्यान्वयनको अवस्था बारेमा बृहत् समीक्षा हुने परराष्ट्रमन्त्रालये जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डको हालेको भारत भ्रमणका क्रममा थगा विगतदेखिकै नेपाल भारतीचका विभिन्न सहमति सम्झौता तथा आयोजनाको कार्यान्वयन बारेमा बृहत समीक्षा र कार्यान्वयनमा भएका ढिलाइका विषयमा सो बैठकमा छलफल हुनेछ ।

परराष्ट्रमन्त्री डा. महतले भारसँग हुने नेपाल भारत संयुक्त बैठकमा विगतमा भएका सन्धि सम्झौता कार्यान्वयन तथा गण्डक सम्झौताको विषयलाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।

भारत भ्रमणमा जानुअघि मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गण्डक सम्झौता अनुसार नेपालले पाउनुपर्ने सिँचाइ सुविधा नपाएको विषय तथा हुलाकी रडक निर्माण पूर्णतालगायतका विषय राख्ने बताएका छन् ।

मन्त्री महत आगमी शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment