Comments Add Comment

अमलेखगञ्ज पाइपलाइनः नाकाबन्दीपछि भारतीय एकाधिकार टुट्यो

प्रधानमन्त्री भन्छन्- नाकाबन्दीपछि सन्दर्भ टुट्यो, अब अर्को समझदारी हुन्छ

१४ कात्तिक, काठमाडौं । बारा जिल्लाको अमलेखगञ्जमा भारतबाट ल्याइने तेलको पाइप लाइनका सम्बन्धमा भारतले राखेको शर्त तोडिने भएको छ । पाइपलाइनबाट तेल ल्याएपछि नेपालले १५ वर्षसम्म अन्य देशबाट तेल किन्न नपाउने शर्त भारतले राखेको थियो ।

Nepal-India-Pipelineहालै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बेलामा यसबारे भारतीय पक्षसँग छलफल भएको थियो । अब भारतले राखेको १५ वर्षसम्म नेपालले अरु देशबाट तेल ल्याउन नपाउने शर्त नेपालका लागि अमान्य भएको नेपाली पक्षले भारतीय पक्षलाई स्पष्ट पारेको छ ।

‘तेलको पाइपलाइनका बारेमा एउटा सन्दर्भमा १५ वर्षसम्म अमलेखगञ्जबाट तेल ल्याउँदा अन्तबाट तेल ल्याउन नपाउने भनेको हो, त्यो सन्दर्भ टुट्यो,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्- ‘नाकाबन्दीपछि त्यो सन्दर्भ टुट्यो, अहिले चाँहि अमलेखगञ्जसम्म पाइपलाइन ल्याउने मात्रै कुरा गरिएको छ ।’

चीनसँग पनि नेपालले ट्रेड एण्ड ट्राञ्जिट सम्बन्धी सम्झौता गरिसकेको हुनाले अब अमलेखगञ्जको पाइपलाइनबारे रि-नेगोसिएसन गर्ने भारतीय पक्षसँग कुरा भएको प्रधानभमन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा सञ्चारकर्मीहरुसँगको एक भेटमा भने, ‘यो रि-नेगोसिएट हुँदैछ । १५ वर्ष अन्तबाट तेल ल्याउन नपाउने भन्ने विषय अब रहेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment