+
+
Shares

केपी ओली लैनचौर गएनन्, झलनाथ र माधव विदेशमा

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १८ गते १:४०

KP-Sharma-Oli, Chairman of UML१७ कात्तिक, काठमाडौं । भारतीय राजदूताबासले बुधबार लैनचौरमा आयोजना गरेको समारोहमा पूर्वप्रधानमन्त्री केपी ओली सहभागी भएनन् ।

‘उहाँ भारतीय दूताबासमा जानुहुन्न,’ ओलीनिकट स्रोतले अनलाइनखबरसँग भन्यो, ‘पूर्वप्रधानमन्त्रीले दूतावासमा धाउनुहुँदैन भन्ने मान्यता राख्ने भएकाले ओलीजी निम्तो पाएर पनि लैनचौर नजानुभएको हो ।’

लैनचौरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा भारतीय दूतावासले मंगलबार एक कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा सहभागी नभए पनि त्यसपछि सोल्टी होटलमा आयोजना गरिएको रात्री भोजमा भने एमाले अध्यक्ष ओलीको सहभागिता स्वाभाविक भएको एमाले स्रोतले बतायो ।

दूतावासमा नजाने केपी ओलीको मान्यता भए पनि मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी भने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँगै भारतीय दूतावासको निम्तो मान्न लैनचौर पुगेका थिए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि छिमेकीको निम्तो मानेका छन् ।

त्यसैगरी लैनचौरमा एमाले नेता सुवास नेम्वाङलगायत पार्टीका अन्य नेताहरु चाँहि उपस्थित थिए । दूतावासको निम्तो मान्न विभिन्न दलका नेताहरु पुगेका थिए ।

एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल भने भियतनाम र जापानको भ्रमणमा रहेकाले उनीहरु मुखर्जीको स्वागतमा आयोजित कार्यक्रममा सहभागी हुन पाएनन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?