Comments Add Comment

धरानमा बससँग ठोक्किँदा कार चालकको मृत्यु

नवलपरासीमा ट्याक्टरसँग ठोक्किएर बृद्धको ज्यान गयो

१८ कात्तिक, सुनसरी । सुनसरीको धरान ८ मा विहीबार दिउँसो यात्रु बससँग ठोक्किँदा स्कार्पियो कार चालकको मृत्यु भएको छ ।

dharan-accidentको १ च ८७७३ नम्बरको महेन्द्रनगर खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको स्कार्पियो कार र मे १ ख ९७४ नम्बरको यात्रु बस आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा कार चालक बराहक्षेत्र गाविस-६ का ३६ वर्षीय बाबुराम तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बसमा यात्रा गर्ने अन्य १९ जना यात्रु घाइते भएका छन् ।

यसैबीच धरानको लक्ष्मी चोकमा छुरा हानेर एक युवकको हत्या भएको छ । घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

ट्याक्टरको ठक्करबाट बृद्धको मृत्यु

यसैबीच नवलपरासीको देउरालीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक बृद्धको मृत्यु भएको छ ।

ना ४ त ९३१३ नम्बरको ट्याक्टर र ना १९ प ३७१४ नम्बरको मोटरसाइकल देउराली ६ बेलुवामा आपसमा ठोक्किँदा नवलपरासी देउराली ५ का ६२ वर्षीय प्रेमबहादुर बुढाथोकीको मृत्यु भएको हो ।

दुर्घटनापछि घाइते बुढाथोकीको अस्पताल लैजानेक्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी राजेश थापाले जानकारी दिए । ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment