Comments Add Comment

अवैध घरेलु मदिरासहित ३ जना पक्राउ

६ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१५ गण्डक चोकमा प्रहरीले सवारीसाधन चेकजाँच गरिरहेको थियो । प्रहरी चेकिङ्लाई छलेर वीरगञ्जबाट सिरहाको माडर जाँदै गरेको सुमित मेट्रोको ना५ख २३६९ नम्बरको बस आगाडि कुद्यो । प्रहरीले रोक्न खोज्दा बस चालकले गाडी झनै कुदाए ।

पछ्याँउँदै गएको प्रहरी टोलीले ओभरटेक गरी वीरगञ्ज महानगरपालिका-१५ प्रतीमा चोकमा मात्रै भेट्टाउन सक्यो । कानून विपरीत क्रियाकलाप भएको आशंकामा प्रहरीले चेकजाँच शुरु गर्‍यो ।

बसको डिक्की खोल्न लगाउँदा चालक, कन्टेक्टर र सह चालकले खोल्न नमानी उल्टै प्रहरीसँग वादविवादमा उत्रिए ।

प्रहरीले डिक्की खोलेर हेर्दा अवैध घरेलु मदिरा फेला पार्‍यो । सेतो बोरामा ६ वटा ग्यालेनमा १२० लिटर घरेलु मदिरा बरामद गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र मल्लले जानकारी दिए ।

प्रहरीले अवैध घरेलु मदिरा ओसर प्रसारमा संलग्न सिरहाको धनगढी नगरपालिका वडा नं ९ बस्ने बस चालक ३२ वर्षीय विजयकुमार योन्जन, सिरहा नगरपालिका वडा नं १७ बस्ने कन्टेक्टर ३५ वर्षीय रवीन्द्र साह र सिरहाको लहान नगरपालिका वडा नं १ घर भएकका बसको सहचालक २४ वर्षीय गोविन्दकुमार दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

त्यसैगरी रौतहटको गौर नगरपालिका १, ६ र ७ नम्वरका वडाहरुमा अवैध रुपमा सञ्चालित घरेलु मदिरा भट्टीहरु प्रहरीले नष्ट गरेको छ ।

अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्रिबितरण भइरहेका सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, रौतहटबाट खटिएको प्रहरी टोलिले मदिरा भट्टीहरु नष्ट गरेको हो । त्यस क्रममा तयारी मदिरा ५० लिटर, मदिरा बनाउन तयार पारिएको कच्चा पदार्थ ३३ सय लिटर नष्ट गरिएको २ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अंशु कुमार सिंहले जानकारी दिए ।

प्रहरीले घरेलु मदिरा बनाउन प्रयोग गरिने मेसिन १ थान, मदिरा बनाउन प्रयोग गरिने १३ थान भाँडा र ठूलो, सानो ड्रम ९९ थान नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment