Comments Add Comment

एटीएमबाट रकम चोर्न युरोपबाट नेपालमा ! फर्कन लाग्दा समातिए दुई टर्कीस

turkish-citizen-arrested
२५ कात्तिक, काठमाडौं । टर्कीस नागरिकको एउटा समूह अर्काको एटीएमबाट रकम चोरी गर्नकै लागि युरोपबाट नेपाल आएको खुलेको छ ।

नेपाल प्रहरीको अनुसन्धान ब्यूरो सीआईबीले बिहीबार टर्कीका मुहारेम उजुन र सेलाह्याटन याबरलाई पक्राउ गरेको छ । पर्यटक भिसामा नेपाल आएका उनीहरु पर्सी नेपाल छाड्ने तयारीमा थिए । तर, कान्तिपथस्थित प्यागोडा होटलबाट उनीहरु पक्राउ परे ।

प्रहरीका अनुसार उनीहरु युरोपबाट विभिन्न एटीएम कार्ड लिएर नेपाल आएका थिए र रकम झिकेर डलर सटही गरेर विदेश जाने योजनामा थिए । तर, प्रहरीको फेला परे ।

उनीहरुको साथबाट २६ लाख ७५ हजार रुपैयाँ बरामद भएको छ । १७ सय युरो, १६६० अमेरिकी डलरका साथै ११३ थान विभिन्न एटीएम कार्ड बरामद भएको छ । उनीहरुले एटीएम कार्डको पिन नम्बरहरु भने कागजको पानामा लेखेर ल्याएको पाइएको छ, जुन ८ पन्ना छ ।

उजुन र याबरले कान्तिपथस्थित नबिल बैंकको एटीएम बुथबाट रकम निकालेको पाइएको छ । साथै यो समूहको यसअघि एटीएमबाट रकम चोरीको आरोपमा पक्राउ परेको समूहसँग सम्वन्ध रहेको हुनसक्ने प्रहरीको आशंका छ ।

योसँगै एटीएम कार्डको पिन नम्बर चोरेर रकम निकाल्ने ९ जना पक्राउ परेका छन् । ४ रोमानियाली, ३ बुल्गेरियन र एक टर्कीस नागरिक यसअघि पक्राउ परेका थिए ।

प्रहरीका अनुसार नेपाली बैंकका खातावालहरुको रकम नेपाल र भारतका एटीएम बुथहरुबाट निकाल्न सकिने भएकाले रकम चोरी गर्ने गिरोह डाटा चोरी गरेर नेपालमा सक्रिय भएको छ ।

यो पनि पढ्नुहोस् 

नेपालका ३५ लाख एटीएम कार्ड जोखिममा, पिन नम्बर तत्काल बदल्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment