Comments Add Comment

कस्तो छ ट्रम्पको सम्भावित क्याबिनेट ?

donald-trump-us-president

रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएसँगै उनको प्रशासनका संभावित सदस्यहरुबारे चर्चा सुरु भएको छ ।

बिदेशमन्त्री लगायत हृवाइटहाउस प्रशासनका लागि चर्चामा रहेका केही महत्वपूर्ण व्यक्तित्वहरु यहाँ उल्लेख गरिएको छ ।

न्युट गिंगरिच, बिदेशमन्त्री

राष्ट्रपतिको अभियान सुरु भएदेखि नै ट्रम्पका समर्थक गिंगरिच एक जुझारु कन्जरभेटिभ नेता हुन् । ट्रम्प प्रशासनको बिदेशमन्त्रीको दौडमा उनी अग्रपंक्तिमा छन् । उनलाई अमेरिकाको ठूला कूटनीतिज्ञमध्ये एक मानिन्छ ।

newt-gingrich
सन् १९९४ मा अमेरिकाको तल्लो सदन हाउस अफ रिपि्रजेन्टेटिभको सभामुख थिए । डेमोक्र्याटहरुको बाहुल्य रहेको तत्कालिन संसदमा उनी चातुर्यका साथ सदनको सभामुख बनेका थिए । जर्जिया राज्यका पूर्व बिधायक ७३ बर्षीय गिंगरिचले सभामुख पदबाट नैतिकताको आधारमा राजीनामा दिएका थिए ।

उनी सन् २०११ मा रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार हुन असफल भएका थिए । उनलाई हालै फक्स न्युजकी प्रस्तोता केली मेगिनले यौन शोषणको आरोप लगाएकी थिइन् ।

रुडी जुलीयानी, महान्यायाधीवक्ता

ट्रम्पका एक महान अनुयायी जुलियानी अमेरिकाको सम्भावित महान्यायाधीवक्ताको रुपमा चर्चित छन् ।

rudy-giuliani
सन् २००१ मा भएको आतंककारी हमलाका बेला उनी न्युयोर्क शहरका मेयर थिए । उनी न्युयोर्क प्रहरीले सुरु गरेको जोसुकैलाई समाएर तलाँसी लिने प्रक्रियाका लागि जातीय बिभेद गरेकोमा आलोचित बनेका थिए ।

ट्रम्पको कानूनी रणनीतिकारको रुपमा उनलाई हेरिएको छ । न्युयोर्कका पूर्व अधिवक्ता जुलियानी सन् २००८ को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकनका तर्फबाट असफल उम्मेदवार हुन् ।

रिन्स प्राइबस, मुख्यसचिव

४४ बर्षीय प्राइबस ट्रम्प र उनको पार्टीको संस्थापन नेताहरुबीचको असन्तुष्टि निराकरण गर्ने पुन बन्न सक्छन् ।

reince-priebus

उनी पनि विस्कन्सिन राज्यको बासिन्दा र उनीनिकट भएको नाताले अमेरिकी संसदको तल्लो सदनका सभामुख पल रायनसँग मिलेर ट्रम्पका मुद्धाहरु संसदबाट पास गराउन महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।

क्रिस क्रिष्टी, बाणिज्यमन्त्री

क्रिष क्रिष्टी न्यु जर्सी राज्यका पूर्व गभर्नर हुन् । ट्रम्प एक्लिएका बेला उनलाई बलियो साथ दिनेमा क्रिष्टी पनि एक हुन् ।

chris-christie

५४ बर्षीय क्रिषले हृवाइटहाउसको संक्रमणको व्यवस्थापन गर्ने जिम्मा लिएका छन् । ट्रम्पको हृवाइटहाउस प्रबेश सहज बनाउनका लागि उनले ओवामा प्रशासनका ब्यक्तित्वहरुसँग सहकार्य गरिरहेका छन् ।

उनको नाम धेरैवटा मन्त्रालयहरुसँग जोडिएर आउन थालेको छ । बाणिज्य मन्त्रालयका साथै अन्य मन्त्रालयपनि उनले संहाल्ने चर्चा छ ।

तर उनी विवादमुक्त भने छैनन । एकजना स्थानीय मेयरलाई पाठ सिकाउन न्युजर्सी र न्युयोर्क जोड्ने एक महत्वपूर्ण पुल बन्द गर्ने आदेश दिएको आरोप उनीमाथि लाग्ने गरेको छ ।

अमेरिकामा कुनैपनि मन्त्रीहरुको नियुक्ती माथिल्लो सदनले स्वीकृत गराउनुपर्छ । त्यसैले सिनेटले उनको नाम स्वीकृत नगर्नसक्ने संभावना पनि उत्तिकै छ ।

जेफ सेसन्स, रक्षामन्त्री

अलावामाका सिनेटर उनी पेण्टागनका प्रमुखको रुपमा चर्चामा छन् । ६९ बर्षीय सेसन्स अमेरिकाले सन् २००३ मा गरेको इराक आक्रमणका समर्थक हुन् । तर ट्रम्पले भने इराक युद्धको बिरोध गरिसकेका छन् ।

jeff-sessions
सेसन्स अमेरिकाको अमाथिल्लो सदन सिनेटको सैनिक, न्याय र बजेट कमिटीहरुमा सदस्य छन् ।

माइकल फ्लिन, राष्ट्रिय सुरक्षा सल्लाहकार

फ्लिन अमेरिकाका सेवा निबृत्त तीन तारे जनरल हुन् । उनले ट्रम्पलाई अमेरिकाका सेवानिबृत सैनिकहरुका माझ प्रस्तुत हुन सहयोग गरेका थिए ।

michael-flynn

उनको भनाइमा अमेरिकाको प्रतिरक्षा गुप्तचर बिभागबाट सन् २०१४ मा चरमपन्थी मुसलमानहरुबारे राखेको धारणाका कारण हटाइएको थियो ।

डोनाल्ड ट्रम्पको चुनावी अभियानका क्रममा फ्लिनले ओवामा सरकारको स्लामिक स्टेटप्रतिको रवैयाको मजाक उडाएका थिए ।

स्टीभन न्युचिन, अर्थमन्त्री

ट्रम्प आफैले उनलाई आफ्नो अभियानका प्रमुख बित्तिय ब्यबस्थापक न्युकिनलाई अर्थमन्त्री बनाउने प्रस्ताव राखेका थिए ।

steven-mnuchin
तर ट्रम्पका समर्थकहरुले न्युकिनलाई अर्थमन्त्री बनाउन राजी हुन्छन् भन्नेमै शंका छ । न्युकिन् अमेरिकाको बित्तीय राजधानी मानिने वालस्टि्रटको शक्तिशाली व्यक्तिहरुमध्ये गनिन्छन् । र यही कारणले उनी त्यति लोकपि्रय छैनन् ।

न्युकिनले अन्तर्राष्ट्रिय सञ्जाल भएको गोल्डम्यान स्याक्स बैंकमा १७ बर्ष काम गरे र त्यसपछि उनले एउटा चलचित्र उत्पादन कम्पनी खोले । उनको कम्पनीले नै एक्समेन र अमेरिकन स्नाइपर नामक चलचित्र शृङखलाहरु निर्माण गरेको हो ।

ट्रम्पका नजिककाहरु भने न्युकिनको सट्टा अर्को ठूलो बैंक जेपी मोर्गेनका प्रमुख जेमी डाइमण्डलाई अर्थमन्त्री हुन प्रस्ताव गरिएको बताउँछन् तर उनले कस्तो प्रतिक्रिया दिए भन्ने स्पष्ट पारिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment