Comments Add Comment

३० किलो वजन घटाएपछि ग्ल्यामर लुक

bhumiमुम्बई । हिन्दी चलचित्र ‘दम लगा के हइशा’ मा नायिकाको भुमिका निर्वाह गरेकी भुमी पेडनेकरको पछिल्लो अवतार हेर्नेहरुलाई विश्वास नलाग्न सक्छ । यी नायिका भुमि नै हुन् भनेर ।

फिल्ममा मोटी देखिएकि भुमि कुनै पनि कोणवाट हिरोईन जस्तो देखिन्न थइन् । तर, ‘दम लगा के हइशा’ मा मोटो ज्यान नै उनको चरित्रको लागि फिट बन्यो ।

त्यसपछि उनी भने आफ्नो मोटो ज्यान घटाउनेमा केन्दि्रत हुन थालिन् । हालै उनले इष्टाग्राममा केहि तस्बिर सार्वजनिक गरेकि छिन् काफी गल्यामरस देखिन्छिन् । उनले अहिले आफ्नो ३० किलो ओजन घटाएकि छिन् ।

उनी पहिल्यै त्यति मोटि भने थिईनन् । फिल्ममा मोटी नायिकाको खाँचो भएकै कारण उनले छरितो ज्यान मोटो बनाएकि थिईन् । वजन बढाउनका लागि खानापानकै सहारा लिएकी थिईन् भने वजन घटाउनमा पनि खानपीनमै विषेश ध्यान दिएको उनको भनाई छ ।

वजन घटाउनका लागि उनी हरेक दिन ब्याटमिन्टन खेल्थिन् भने १० देखि १५ मिनेट एक्सरसाईज गर्थिन् । ग्रीट टि पिउनुको साथै खानाका परिकार पनि घटाएकि थिईन् ।

भुमि अहिले मथुरामा आफ्नो नयाँ फिल्म ‘ट्वाइलेट एक प्रेमकथा’को सुटिङमा छन् । जुन फिल्ममा नायकको रुपमा अक्षय कुमारले अभिनय गरेका छन् । स्वच्छ भारत अभियानमा आधारित यो फिल्म नीरज पाण्डेको प्रोडक्सनले निर्माण गरेको हो भने २ जुन २०१७ मा रिलिज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment