Comments Add Comment

ओलीलाई त्रिपाठीको प्रश्नै प्रश्नः दुई नम्बर प्रदेश किन दिएको, टुक्र्याउन ?

'ओली प्रधानमन्त्री हुँदा पठाएको चिठ्ठी सुरक्षित छ'

 

९ मंसिर, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले देशको अखण्डता र स्वतन्त्रतामाथि कुनै खतरा नभएको बताएका छन् । साथै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम लिँदै ‘बाफ रे बाफ’ को पछि नलागी मुलुकको समस्या समाधानका लागि पहल गर्न आग्रह गरे ।

Hridayas-Tripathiएमालेको विद्यार्थी र युवा संगठनले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा तमलोपाका नेता त्रिपाठीले ओलीमाथि एकपछि अर्को प्रश्नको वर्षा गरे ।

संघीयता कसैको चन्दा र उपहारमा आएको नभई मधेसले लडेर ल्याएको उनले बताए । प्रमुख दलहरुतर्फ व्यंग्य गर्दै उनले वैज्ञानिकहरुले कहिले आकासे कित्ताको ८ प्रदेश, कहिले ६ बनाएको र अन्तिममा ७ प्रदेश बनाएको बताए ।

अहिले संविधान संशोधन गर्ने तयारी गर्दै गर्दा छुट्टै तराई भयो भने टुक्रिन्छ भनेको भन्दै तमलोपाका नेता त्रिपाठीले मञ्चमा बसेका एमाले अध्यक्ष केपी ओलीतर्फ हेर्दै प्रश्न गरे, दुई नम्बर प्रदेश किन दिएको, टुक्राउन ?

ओलीसँगै मञ्चमा बसेका नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीको नाम लिँदै उनले संविधान बनाउने बेला अखण्ड लुम्बिनीको नारा दिएको तर, नवलपरासी किन अखण्ड भएन भनेर प्रश्न गरे ।

तमलोपाका नेता त्रिपाठीले संविधान संशोधन सबैको एजेण्डा भएको दाबी गरे । एमाले अध्यक्ष ओली स्वयं प्रधानमन्त्री हुँदा संशोधन गर्छु भनेर मन्त्रिपरिषदबाट पठाएको चिठ्ठी आफ्नो पार्टीमा सुरक्षित रहेको भन्दै उनले भने, कतिपय ननपेपर हामीलाई नदिई दिल्ली पुर्‍याइयो । चारबुँदे के थियो ?’

उनले नीति तथा नियत खराब भएको उनले बताए । समाजिक सौहादर्ता रहेको तर, राजनीति गर्नेहरु नियत खराब रहेको भन्दै उनले लालबाबु पण्डितलाई पाँचथर र विमलेन्द्र निधिलाई काभ्रेबाट जिताएर देखाउन चुनौती दिए ।

त्रिपाठीले ओलीमाथि लगातार प्रश्न वर्षाएपछि हलमा सहभागी कसैले आउट भने । तर, उनले तपाई भन्दैमा म आउट हुँन्न भन्दै आफ्नो धारणा राखिरहे ।

तमलोपाका नेता त्रिपाठीले राष्ट्रवाद र देशभक्तिबीचको फरक बुझ्न आग्रह गरे । आफूहरु देशभक्त भएको उनले बताउ ओलीतर्फ लक्षित गर्दै त्रिपाठीले भने, ०३६, ०४६ र ०६३ मा हामीसँगै लडेका हौं । कतिपय नेता लडेनन् होला तर, हामी लड्यौं ।’

उनले एमाले अध्यक्ष ओलीको नाम नै लिएर जिम्मेवारी पूर्वक अघि बढ्न आग्रह गरे । ठाकुरले अघि भने, मानव साङ्गो बनाउँदा माखे साङ्गो नभन्नु होला । आँप झेर गयो नभन्नु होला । मान्छे मसिररहेका छन् तपाई आँप झर्‍यो भन्नुहुन्छ ।’ उनले अघि भने, ०६३ मा सहिद भएकाहरु पनि आँत थियो ?’

आफ्ना वरिपरि हुनेले बाफ रे बाफ भन्ने भन्दै उनले त्यसको पछि नलाग्न समेत सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment