Comments Add Comment

डिन सिंहलाई राजीनामा गराएर डा. केसीको अनसन तोडाउने तयारी

Dr Govinda KC (6)

१६ मंसिर, काठमाडौं । सरकारले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमका डिन केशवप्रसाद सिंहलाई राजीनामा गराएर डा. गोविन्द केसीको अनसन तोडाउने तयारी गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार शिक्षा र स्वास्थ्यमन्त्रीलाई बोलाएर तत्काल डा. केसीको माग सम्बोधन गर्न निर्देशन दिएका छन् । स्रोतका अनुसार उक्त बैठकमा डा. केसीको अनसन तोडाउन रोडम्याप समेत बनेको छ र, त्यस अनुसार काम भइरहेको छ ।

बालुवाटार बैठकले मापदण्ड बनाउन रमेशकान्त अधिकारीको नेतृत्वमा बनेको समितिलाई डिन नियुक्तिबारे मापदण्ड मात्र बनाएर आंशिक प्रतिवेदन दिन निर्देशन दिएको छ । गठन गर्दा समितिमा समितिको कार्यदेश र समय बढी थियो । तर, सरकारको नयाँ निर्देशनपछि समितिले बिहीबार साँझ नै त्रिवि उपकुलपतिसमक्ष प्रतिवेदन बुझाइसकेको छ ।

अब यसलाई त्रिवि बैठकले अनुमोदन गर्नेछ । लगतै आईओएमका डिन सिंहले राजीनामा दिनु पर्नेछ । शिक्षा मन्त्रालय स्रोतले भन्यो, नयाँ मापदण्डका आधारमा नयाँ नियुक्ति गर्न डा. सिंहले मार्गप्रसस्त गर्नु हुनेछ ।’

सिंहको राजीनामा आएपछि डा. गोविन्द केसीको अनसन आजै तोडाउने सरकारको तयारी छ । यसका लागि शिक्षामन्त्री धनिराम पौडेल, स्वास्थ्यमन्त्री गगन थापा र सरकारी वार्ता टोलीका सदस्यहरु शिक्षा मन्त्रालयमा तयारी अवस्थामा छन् ।

तर, त्रिवि पदाधिकारीहरु भने मापदण्ड पास भएपछि डा. केसीले अनसनतोड्नु पर्ने अडानमा छन् । डा. केसीले भने आजै बरिष्ठताका आधारमा डिन नियुक्त गर्नु पर्ने अर्को अडान राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment