Comments Add Comment

लोकमानबारे केपी ओली भन्छन्- महाअभियोग सर्वसम्पतिले पारित हुन्छ होला

lokman-sing-karki१९ मंसिर, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोगको पूस्ताव सर्वसम्मतिले पारित हुने एमाले अध्यक्ष केपी ओलीले आशा व्यक्त गरेका छन् ।

संसदमा भइरहेको अवरोधका कारण महाअभियोगमाथिको छलफल प्रभावित भइरहेका बेला ओलीले महाअभियोग सर्वसम्मपतिले पारित हुने बताएका हुन् ।

लोकमानको महाअभियोग प्रस्ताव अब के हुन्छ भन्ने अनलाइनखबरको प्श्नमा एमाले अध्यक्ष ओलीले भने- ‘सर्वसम्मतिले त्यो महाअभियोग पास गर्छ होला ।’

महाअभियोग प्रस्ताव संसद सचिवालयमा अपरान्ह साढे ४ बजे नै दर्ता भए पनि पत्रकारहरुले चाँहि राति मात्रै थाहा पाएको ओलीले बताए ।

माओवादीका सांसद प्रस्तावक र एमालेका सांसद समर्थक रहेको महाअभियोग प्रस्ताव यतिबेला संसद र अदालत दुबैतिरु विचारारधीन अवस्थामा छ ।

महाअभियोगबारे सांसदहरुले बोल्ने क्रम जारी रहेकै बेला एमालेले संसद अवरुद्धा पारेका कारण यसबारे संसदमा छलफल अघि बढ्न सकेको छैन ।

नेपाली कांग्रेस, मधेसी मोर्चा र राप्रपाले लोकमानको महाअभियोगबारे अहिलेसम्म औपचारिक निर्णय सार्वजनिक गरेको छैन, जसले गर्दा यो प्रस्तावमा दुई तिहाई बुहतम जुट्ने नजुट्ने अझै टुंगो लागिसकेको छैन ।

यद्यपि प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री ओलीले आइतबार यसबारे स्पष्ट पार्दै सर्वसम्मपत्तिबाटै महाअभियोग पारित हुने विश्वास व्यक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment