Comments Add Comment

जुवा खालबाट ७ जना पक्राउ, झण्डै डेढ लाख बरामद

bhola-upreti-juwa-khal

२० मंसिर, दमक । झापा प्रहरीले जुवा खेल्दै गरेका सात जनालाई पक्राउ गरेको छ । जुवाको खालबाट झण्डै डेढ लाख रुपैयाँ बरामद समेत भएको छ ।

शनिअर्जुन नगरपालिका ९ स्थित राम क्षेत्रीको डेरामा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा गएराति आठ बजे प्रहरीले छापा मारेको थियो ।

सो स्थानबाट शनिअर्जुन नगरपालिका-९ बस्ने ४८ वर्षीय भोलानाथ उप्रेति, सोही स्थानका ३५ वर्षीय राम क्षेत्री, शान्तिनगर गाविस-१ बस्ने ३३ वर्षीय नवराज लिम्बु, सोही स्थानका ३२ वर्षीय मिलन लिम्बु, ५२ वर्षीय पुरन दाहाल, ३१ वर्षीय बिशाल लिम्बु र बिर्तामोड नगरपालिका ६ बस्ने ५२ वर्षीय टंक भेटवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भोला उप्रेती होटल व्यवसायी संघ झापाका अध्यक्ष हुन् ।

उनीहरुको साथबाट १ लाख ४६ हजार २० रुपैयाँ नगद र जुवा तास बरामद भएको इलाका प्रहरी कार्यालय अनारमनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment