Comments Add Comment

पहिले संसदको चुनाव गर्ने एमाले प्रस्ताव अस्वीकार्यः प्रचण्ड-देउवा

prachanda-deuwa
१ पुस, काठमाडौं । स्थानीय र प्रदेश तहलाई थाती राखेर पहिले संघीय संसदको चुनाव गर्ने प्रमुख विपक्षी नेकपा एमालेको प्रस्तावलाई सत्तारुढ प्रमुख दुई घटक कांग्रेस र माओवादीले अस्वीकार गरेका छन् । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले यसलाई उल्टो बाटो भनेका छन् ।

पार्टीको प्रशिक्षणका लागि पोखरा पुगेका प्रधानमन्त्री प्रचण्डले एमालेको प्रस्ताव गलत मनसायले आएको हुनसक्ने बताए । पहिले स्थानीय तहको निर्वाचन नभई केन्द्रको निर्वाचन गर्नु उल्टो दिशामा हिंड्नु जस्तै भएको उनले बताए ।

बैशाखमा स्थानीय तहको चुनाव गर्ने र त्यसपछि प्रदेश र संघीय संसदको चुनाव एकसाथ गर्ने योजना प्रधानमन्त्रीले सुनाए ।

बैशाखमा नसकिए जेठ पहिलो हप्तासम्म लम्ब्याउन सकिने उनको धारणा छ । अहिलेकै स्थानीय निकायलाई स्थानीय तहमा परिणत गरी चुनाव गर्ने कि भन्ने छलफल भएपनि बाहिर आएजस्तो सहमति भइनसकेको उनले बताए ।

स्थानीय तहको चुनावपछि केन्द्र र प्रदेशको निर्वाचन एकैपटक गर्ने उनले बताए । यसो भयो भने पटक-पटक चुनाव गर्नुपर्ने झञ्झट पनि नहुने र खर्च पनि घट्ने भन्दै उनले यसबारे छलफल भइरहेको बताए ।

‘एमालेको प्रस्ताव अव्यवहारिक’

यस्तै कांग्रेस सभापति देउवाले पनि एमालेको प्रस्ताव अस्वीकार्य भएको बताए । चितवनमा पत्रकारहरुसँग कुरा गर्दै देउवाले भने, ‘एमालेले प्रस्ताव गरे झैं सुरुमै प्रतिनिधिसभाको निर्वाचन अव्यावहारिक छ ।’

तीन दलका बीचमा सुरुमा स्थानीय चुनाव गर्ने सहमति भइसकेको भन्दै उनले क्रमशः प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताए । २०७४ माघभित्र तीन तहको निर्वाचन नभए मुलुकमा संवैधानिक संकट आउने भन्दै उनले दलीय सहमति जुटाएर निर्वाचन प्रक्रियामा जानुपर्नेमा जोड दिएका छन् ।

यो पनि पढ्नुहोस् 

एमालेको नयाँ प्रस्ताव-स्थानीय र प्रदेशभन्दा पहिले संसदको चुनाव गरौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment