Comments Add Comment

एल्बम बिमोचनसँगै वालवालिकालाई न्यानो कपडा

albumकाठमाडौं । गोकर्णस्थित संयुक्त अपांग एकता आवाज केन्द्रमा शुक्रवार बिहान आधुनिक गीतहरुको एल्बम ‘भाव-सागर भाग-२’ तथा कविता संग्रह ‘भाग-सागर भाग-२’ लोकार्पण गरिएको छ ।

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी गीतकार तथा कवियीत्री अम्बिका गुरुङले रचना गरेका गीतहरुको एल्बम तथा कविताहरुको संग्रह विमोचनको क्रममा उक्त केन्द्रमा आश्रय लिइरहेका ४१ जना अनाथ बालबालिकाहरुलाई सामुहिक भोजन गराइयो भने जाडोका न्याया पहिरनहरु समेत वितरण गरियो ।

विमोचित एल्बममा संगीतकार प्रकाश लेप्चाद्वारा संगीतबद्ध आधुनिक, लोक तथा पप शैलीका गीतहरु समावेश गरिएका छन् । राजेशपायल राई, दीपक लिम्बु, रिमा गुरुङ होडा, मिलन अमात्य तथा राज सिग्देलले स्वर दिएका छन् ।

कार्यक्रममा केन्द्रमा आश्रति बालबालिकाहरुले नृत्य प्रदर्शन गरेर समारोहलाई मनोरञ्जक प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment