Comments Add Comment

जनसाहित्यमा शशिको एकल

shashi-lumumbu-ekal-kavitaकाठमाडौं । अविरल जनसाहित्य यात्राको ३२औं शृङ्खलामा शुक्रबार कवि शशि लुमुम्बु प्रस्तुत भएका थिए ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घको आयोजना तथा जनसाहित्यिक मञ्चको व्यवस्थापनमा भएको कार्यक्रममा उनले एक दर्जन कविता सुनाए । कार्यक्रममा लुमुम्बुलाई कविहरू फूलमान वल, पूर्ण इन्फादा र चन्द्र रानाहँछाले कविता वाचनमा सघाएका थिए ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, जनसाहित्यिक मञ्च- काव्य विभागकी संयोजक डा. विन्दु शर्माले वाचित कविता र कवि लुमुम्बुको व्यक्तित्वमाथि चर्चा गरेका थिए ।

जनसाहित्यिक मञ्च नेपालकी उपाध्यक्ष प्राज्ञ नर्मदेश्वरी सत्यालले समाजको विकृति-विसङ्गतिको चिरफार गर्नमा लुमुम्बुका कविताहरु सधैं अगाडि रहेको टिप्पणी गरिन् ।

अविरल जनसाहित्य यात्रा अन्तर्गत हरेक महिनाको दोस्रो शुक्रबार प्रगतिवादी कविका कविता वाचन र तीमाथि टिप्पणी गरिने कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment