+
+

प्रियंकादेखि आलियासम्म, जसको नाम लागूऔषध कारोवारमा यसरी जोडियो

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १९ गते १५:३३

priyanka-and-aliya
सबैलाई थाहा छ, भारतीय अन्डर वर्ल्ड र बलिउडको कनेक्शन पुरानो हो । केहि, बलिउडका चर्चित अनुहारहरुको निकटता अन्डर वर्ल्डका डनहरुसँग छ भन्ने पुष्टी नै भैसकेको छ । अन्डर वर्ल्डका डन दाउद इव्राहिम र बलिउडका कलाकारको नाम लामो समयदेखि जोडिदै आएको छ । बलिउडका केहि नायिका र दाउदको प्रेम नै रहेको खबर पनि सार्वजनिक नभएका होइनन् ।

अब, मुम्बई प्रहरीको क्राइम व्रान्चले अर्को सनसनीपूर्ण खुलासा गरेको छ । जसमा, बलिउडका कलाकारको प्रयोग अन्डर वर्ल्ड ले लागू औषध धन्दामा गरेको पाइएको छ ।

नायिका प्रियंका चोपडादेखि आलिया भट्टसम्मको नाम अन्डर वर्ल्डको लागू औषध कारोबारमा प्रयोग भएको छ । भारतको एक चर्चित दैनिक पत्रिकाका अनुसार, अहिले बलिउडका यी चर्चित कलाकारको नामलाई ‘कोर्ड वड’को रुपमा प्रयोग गरिएको छ । पत्रिकामा उल्लेख भए अनुसार, निम्न कलाकारको नाम विभिन्न लागू औषधको नामको ‘कोर्ड वड’को रुपमा प्रयोग गरिएको छः

१. रणविर सिंह: पेड्लर
२.रणवीर कपुरः होस्ट
३.आलिया भट्टः कोकिन
४. कंगना रनौटः अफिम
५. कट्रिना कैफः हेरोइन
६. प्रियंका चोपडाः एलएसडी
७.अनुष्का शर्माः चरेस(ह्यास)
८.नगरिस फक्रिः एक्स्टसी
यी बाहेक, केहि चर्चित बलिउड चलचित्रको नाममा समेत लागू औषध कारोवार भैरहेको छ । प्रहरीले यो बिषयमा छानबिन गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?