Comments Add Comment

भूकम्पपीडित महिलालाई मनोपरामर्श, नौ सय ३९ महिला लाभान्वित

women२० पुस, सिन्धुपाल्चोक । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पसँगै मानसिक रुपमा विक्षिप्त भएका सिन्धुपाल्चोकका भूकम्पपीडित महिलाहरुमा मानसिक समस्या बढेपछि मनोपरार्श दिइएको छ ।

मनोपरामर्शपछि भूकम्पपीडित महिलाहरुले राहतको महशुस गरेका छन् । विभिन्न सामाजिक संघसंस्थाहरुले सञ्चालन गरेको मनोसामाजिक परामर्श तथा उपचारपछि पीडित महिलाहरुले राहत महशुस गरेका हुन् ।

मनोपरामर्श नहुँदा भूकम्पपीडित महिलाहरुमा एकान्त मन पराउने, डराउनेजस्ता मनोवैज्ञानिक समस्या परेको थियो । कतिपय महिलाहरुमा डिप्रेसनको संकेत देखिएको थियो । तर मनोपरामर्शपछि उनीहरु मनोवैज्ञानिक रुपमा स्वस्थ्य भएको ग्रामिण महिला सिर्जनशील परीवारका नियमित जीवन पुनरागमन कार्यक्रमका प्रमुख रविलोचन पौडेलले वताए ।  कार्यक्रमले द जोहानिटर संस्थाको सहयोगमा सिन्धुपाल्चोकको कर्थली, मार्मीङ र पेड्कुलगायतका गाविसमा महिलामैत्री अस्थायी भवन निर्माण गरी मनोपरामर्श दिएको थियो ।

कार्यक्रमबाट नौ सय ३९ जना भूकम्पपीडित महिला लाभान्वित भएको पौडेलले वताए । उनीहरुलाई सहज जिविकोपार्जका लागि जनही २० हजार रुपैयाँ दरले आर्थिक सहयोग प्रदान गरिएको थियो । यहाँ करिब तीन करोड रुपैयाँ लागतमा १९ वटा विद्यालयमा बालमैत्री स्थान समेत निर्माण गरिएको छ ।
कार्यक्रम निकै आफूहरुका लागि प्रभावकारी भएको पेड्ककी भूकम्पपीडित सानुमाया तामाङले वताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment